Comments Add Comment

बजेटको मध्यावधि समीक्षा: आर्थिक वृद्धिदर ६ प्रतिशत मात्र


२३ फागुन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्यलाई संशोधन गरेको छ । अर्थ मन्त्रालयले बुधबार मध्यावधि समीक्षा गर्दै यो वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने संशोधित लक्ष्य राखेको छ ।

मध्यावधि समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि ६ प्रतिशतमा खुम्चने बताए । सरकारले यसअघि ७.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो ।

गत आर्थिक वर्षमा ६.९ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो । बजेटमा नै गतवर्षको भन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने उल्लेख थियो ।

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले धानको उत्पादन घटेका कारण आर्थिक वृद्धि खुम्चने अवस्थता आएको बताए ।

मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको जानकारी दिए । पुस महिनामा मूल्य वृद्धिदर ४ प्रतिशत छ ।

यसअघि सरकारले मूल्यवृद्धि ७ प्रतिशत बढी हुन नदिने भनेको थियो । तर, मुद्रास्फिति दर भने सरकारले राखेको लक्ष्यभन्दा पनि कम हुने अवस्था देखिएको छ । यसले मूल्यवृद्धि दर नियन्त्रणमै राख्ने सरकारी लक्ष्य हासिल हुने अवस्था देखिएको छ ।

चालू आर्थिक वर्षमा ६ महिनाको अवधिमा ०.५ प्रतिशतले विप्रेषण घटेको छ भने निर्यात १३.४ प्रतिशतले निर्यात बढेको छ ।

चालू आवको ६ महिनमा शोधनान्तर ६ अर्ब ६६ करोडले घाटा रहेको पनि खतिवडाले बताए । चालू खाता घाटा ७५.७१ अर्ब छ भने विदेशी विनियम सञ्चिति १०.८९ अर्ब रहेको जानकारी दिइएको छ ।

सरकारले मंगलबारसम्म ३८ प्रतिशत बजेट खर्च गर्न सकेको छ । सरकारले चालूतर्फ ४१.२ प्रतिशत र २३ प्रतिशत पुँजीगत खर्च गरेको जानकारी खतिवडाले दियो । सरकारले १८.३१ अर्ब सबै चुनावमा खर्च गरेको थियो ।

यी पनि पढ्नुस्

२ खर्ब २५ अर्बमा स्थानीय तहले गरे ६९ अर्ब खर्च

सरकारले एक खर्ब ७९ अर्ब खर्च गर्न नसक्ने, बजेटको आकार घट्यो

सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्ने

फागुनसम्म सुरु नभएका आयोजनाले ‘सरेन्डर’ गर्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment