+
+

६ पटक खान नपाए सुटिङ नै छाडिदिने सलिनमान

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १२:०९


पहिलो फिल्म ‘ए मेरो हजुर २’ हिट भएपछि चकलेटी नायक सलिनमान बनियाको माग ह्वात्तै बढ्यो । तर, कुनै फिल्म साइन नगरी उनी लामो समय चुपचाप बसे । अहिले आएर बल्ल उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ मा साइन गरेका छन् ।

सलिनमानलाई आफल्नो चलचित्रमा लिएर यतिबेला दंग छन् निर्माता केशव भट्टराई । तर, उनका लागि कठिन दिनहरु आउँदैछन् । किनकी सलिनमानलाई उनले दिनमा ६ पटक खुवाउनुपर्ने छ ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सलिनले भने, ‘मलाई दिनमा ६ पटक खानुपर्छ । समयमा खान पाइन भने मलाई रिस उठ्छ । रिस उठेपछि सुटिङ गर्न गाह्रो हुन्छ ।’

निर्माता केशव भट्टराइलाई पनि यो कुरा अवगत रहेछ । उनले सलिनको बारेमा भने-‘सलिनलाई धेरै खानुपर्छ र उनी चाडै रिसाउँछन् भन्ने मैले पनि सुनेको छु । तर, आशा छ, हाम्रो चलचित्रमा भने सलिनले त्यस्तो व्यवहार नगर्लान् । सलिनलाई हामी सम्हाल्न सक्छौ ।’

चलचित्र ‘ए मेरो हजुर २’को छायांकन चलिरहँदा समयमा खान नपाएको निहुँमा सलिनले ‘सुटिङ क्यान्सिल गरौ, म लागेको खर्च सबै तिरिदिन्छु’ समेत भनेका थिए ।

पत्रकार सम्मेलनमा सलिनलाई सोधियो, ‘कतै यो चलचित्रमा पनि तपाईंले यस्तै खालको सम्झौता त गर्नुभएको छैन ?’

सलिन र मल्लिकाको ‘यात्रा’ घोषणा, कस्तो बन्नेछ फिल्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?