+
+

घटेको तौल बढाउन सकिन्छ तर बढेको तौल घटाउन सकिँदैन, किन ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते १३:५९

मानिसहरू प्रत्येक दिन तौल कम गर्नकै लागि  विभिन्न उपाय अपनाउने गर्छन् । कोही खानै छोड्छन् त कोही क्यालोरी रहित खानेकुरा खान सुरु गर्छन् । यति गर्दागर्दै पनि तौल कम नहुँदा मानिसहरू धेरै नै निराश हुने गर्छन् ।

उनीहरू सोच्ने गर्छन्, तौल कम गर्न आखिर के गर्ने ?  यस्ता अनेकौं प्रश्नको जवाफ त हामीसित छैन तर केही कुराका भने अवश्य पनि छन्ः

घटेको तौल बढाउन सकिन्छ, तर बढेको तौल किन घटाउन सकिदैन ?

अतिरिक्त तौलका कारण हिजोआज जो कोही व्यक्ति तनावमा छन् । उनीहरूको तौल रकेट झै छिटो बढ्छ तर कम गर्नु परेमा कछुवाको गतिभन्दा सुस्त हुने गर्छ । बढ्दो उमेरसँगै शरीरको अतिरिक्त तौल कम गर्न मानव शरीरलाई थप मेहेनत आवश्यक पर्छ । जब शरीरको तौल बढ्ने गर्छ, त्यतिबेला शरीरले फ्याट कोषिका निर्माण गर्न थाल्छ ।

जब हामी तौल कम गर्न थाल्छौं, उक्त कोषिका बेलुन झै हाम्रो शरीरमा टाँसिएर बस्छ, जुन सजिलै नष्ट हुँदैन । जब हामी व्यायाम गर्न छोड्छौँ वा गलत खानपान सुरु गर्छौँ, त्यतिबेला उक्त कोषिका तुरुन्तै सक्रिय हुने गर्छ र उक्त कोषिकामा बोसो जम्न थाल्छ ।

यो क्रिया शरीरमा तीव्र गतिमा हुने भएकाले कि त हामीले क्यालोरीको सेवन गर्न कम गर्नु पर्छ, कि त नियमित व्यायाम गर्नुपर्छ । दुवै कुरा नगरेको खण्डमा शरीरको तौल कम हुनुको सट्टा झन् बढ्ने गर्छ ।

व्यायाम गर्दा पनि वजन किन कम हुँदैन ?

कतिपय अवस्थामा कडा मेहेनत गर्दागर्दै पनि शरीरको तौल कम हुँदैन । त्यस्तो छ भने पनि दुःखी हुनु पर्दैन । सामान्यतः तीस वर्ष पुगेपछि मानिसहरूको शरीरमा मांसपेशी कम हुन तथा बोसो जम्मा हुन थाल्छ ।

त्यसैले यो उमेरमा एक्सरसाइज गर्न तथा खानपानमा विशेष ध्यान दिन थालेपछि मात्र शरीरमा जम्मा भएको बोसो कम हुन र मसल्स बढ्न थाल्छ । यसो गर्दा मांसपेशीको कोषिका मोटो तथा खँदिलो हुन्छ । त्यसैले यस उमेरका मानिसहरूले साइज फरक महसुस भएको गरे पनि तौल भने खासै कम भएको महसुस गर्दैनन् ।

तौल कम गर्न क्यालोरीको सेवन कम गर्न जरुरी छ ?

तौल कम गर्नका लागि क्यालोरी भएको खानेकुरा खानुको सट्टा स्वस्थकर खानेकुरा खानुपर्छ । हिजोआज बजारमा पाइने प्रोसेस्ड खानेकुरामा क्यालोरीको मात्रा कम भए पनि नुन, चिनी, तथा बोसोको मात्रा अधिक हुने गर्दछ ।

भिटामिन, प्रोटिन लगायतका विभिन्न पोषण तत्वले भरिपूर्ण फलफूल तथा तरकारीमा क्यालोरीको मात्रा धेरै भए पनि यसले शरीरलाई भने खासै हानि गर्दैन । चिकित्सकहरूले समेत प्रोसेस्ड तथा क्यालोरी कम भएका खानेकुरा खाने सल्लाह दिनुको सट्टा स्वस्थकर खानेकुरा खान सल्लाह दिने गर्छन् । यसको सेवनले शरीरको अतिरिक्त तौल तौल त कम हुन्छ नै, शरीरलाई समेत स्वस्थ राख्न मद्दत गर्छ ।

तौल कम गरिसकेपछि त्यसलाई कायम राख्न कत्तिको मेहनत आवश्यक छ ?

विज्ञहरूका भनाइलाई मान्ने हो भने मोटो शरीर भएका मानिसहरूले आˆनो तौललाई नियन्त्रणमा राख्न दैनिक कम्तीमा पनि ९० मिनेट व्यायाम गर्न जरुरी छ । तर यो कुरा हामीमा लागू गर्न निकै कठिन हुने भएकाले शरीरलाई नियन्त्रणमा राख्न दिनमा ४० मिनेटको एक्सरसाइज गर्न सके पनि त्यो पर्याप्त हुन्छ । त्यसका साथै खानपानमा पुर्‍याएको विशेष सतर्कताले  त्यसलाई कायम राख्न त अझ धेरै मद्दत गर्छ ।

के धेरै पानी पिएर मात्र तौल कम हुन्छ ?

शरीरको लगभग ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । शरीर पानीले बनेको छ भन्दैमा शरीरको तौललाई नियन्त्रणमा राख्न पानी पिउनु मात्र पर्याप्त छैन । शरीरलाई तन्दुरुस्त राख्न पोषणतत्वले भरिएका अन्य खानेकुरा पनि आवश्यक हुन्छन् ।

धेरै पानी पिउँदा भोक कम लाग्छ र भोक कम लाग्नासाथ तौल कम हुने गर्दछ । चिनीयुक्त पेय पदर्थ सेवन गर्नुको सट्टा पानीको सेवन गर्ने मानिसहरूमा समेत यो कुरा लागू हुने भएकाले शरीरको अतिरिक्त तौल कम गर्न चाहने व्यक्तिले क्यालोरीयुक्त पेय पदार्थको सेवन गर्न छोडेर पानीको सेवन गर्नु जरुरी छ ।

के पिरो धेरै खानाले पनि तौल हुन्छ ?

धेरै मानिस सोच्ने गर्छन्,  पिरो खाएर पनि तौल कम गर्न सकिन्छ ।उनीहरू सोच्छन्, पिरो खानाले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने) बढ्छ । जसका कारण शरीरको अतिरिक्त तौल चाँडै कम हुने गर्छ । यो कुरालाई विज्ञानले समेत प्रमाणित गरिसकेको छैन ।  किनभने शरीरको मेटाबोलिज्म उमेर, लिङ्ग, लम्बाइ, शरीरको अवस्था लगायतका विभिन्न कुरामा निर्भर हुने गर्दछ । यसकै आधारमा शरीरले कति क्यालोरी वर्न गर्छ भन्ने कुरा निर्धारण हुने गर्दछ ।

जब पिरो खानेकुरा खाइन्छ तब शरीरको तापक्रम केही समयका लागि अचानक बढ्छ । साथै हृदयको गति पनि बढ्ने गर्छ । तर, जब जिब्रोबाट पिरो हराउन सुरु हुन्छ, तब शरीरको तापमान समेत सामान्य अवस्थामा र्फकने गर्छ । त्यसैगरी, शरीरको मेटाबोलिज्म पनि सामान्य हुन थाल्छ । त्यसैले शरीरको तौल कम गर्ने चाहना भए स्वस्थकर खानेकुरा खाएर तौल कम गर्ने कोसिस गर्नुपर्छ पिरो खाएर होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?