Comments Add Comment

जीएसटी हटाउने महाथिर सरकारको निर्णय


२ जेठ, काठमाडौं । मलेसिया सरकारले गुड्स एण्ड सर्भिस ट्याक्स  (जीएसटी) हटाएको छ । महाथिर मोहम्मद प्रधानमन्त्री भएलगतै अर्थ मन्त्रालयले जीएटी हटाउने निर्णय गरेको हो । यो आगामी जुन १ बाट लागू हुनेछ ।

हाल जीएसटी ६ प्रतिशत छ ।

यो निर्णयले गुड्स एण्ड सर्भिस ट्याक्स अर्डर २०१४ मा कर छुटको सूचीमा राखिएका सामान र सेवालाई केही फरक पार्दैन किनभने त्यसमा जिएसटी लाग्दैनथ्यो ।

महाथिर नेतृत्वको गठबन्धनले चुनावका क्रममा हरेक सामान किन्दा लाग्ने ६ प्रतिशत कर हटाउने बाचा गरेको थियो । आलोचकहरुले भने यसले मलेसियाली बजारमा नकारात्मक प्रभाव पर्ने बताएका थिए ।

जीएसटी हटेपछि मलेसियामा रहेका नेपालीसहित विदेशी कमादारलाई पनि लाभ हुनेछ । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष कुमुद खनाल यसले नेपाली कामदारको खर्च घट्ने बताउँछन् ।

जीएसटी हटेपछि नेपाली कामदारले किन्ने सामानको भाउ घट्ने उनको भनाइ छ ।

‘सयको रुपैयाँको सामान किन्दा १०६ रुपैयाँको बिल बन्थ्यो । यो अतिरिक्त कर भएकाले हट्दा कामदारको खर्च जोगिन्छ,’ उनले भने,’यो निकै सुखद् कुरा हो कि त्यहाँका कामदारले गर्ने खर्च अब स्वत घट्छ ।’

अहिले मलेसियमा झण्डै साढे ४ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । जीएसटी हटाउो निर्णयले नेपाली कामदारलाई लाभ मिल्ने खनाल बनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment