+
+

यसरी मैलें ८६ केजीको शरीरको तौल ३३ केजी घटाएँ

सपना ब्यास पटेल सपना ब्यास पटेल
२०७५ जेठ ४ गते १२:२०


सपना ब्यास पटेल रिबोकले प्रमाणित गरेकी व्यावसायिक फिटनेस ट्रेनर हुन् र त्यसको साथमा डक्टरेट पनि गर्दै छिन् । उनी एक वर्षको अवधिमै आफ्नो ८६ केजीको शरीरको तौल ३३ केजी घटाएर ५३ केजीमा झार्न सफल भएकी थिइन् । सपनाले आफ्नो फेसबुकको माध्यमले तौल घटाएर फिट हुन चाहनेहरूलाई सल्लाह र सुझाव दिँदै आएकी छिन् । सपनासँग बड्डी बिट्सले गरेको कुराकानीको सम्पादित अंश

सबैले मानिसलाई उनीहरूको बाहिरी सुन्दरता र आवरणबाट चिन्ने गर्छन् तर हामीलाई तपाई भित्रको वास्तविक तपाईका बारेमा जान्न मन लागेको छ । तपाईको बारेमा केही बताइदिनुहोस् न ?

म अरू कसैको लागि होस् वा आफ्नै लागि गर्ने कामहरूमा धेरै नै इमान्दार छु र त्यसले सकारात्मक सोच बढाउँछ । मैले कुनै पनि काम आधा मनले गर्न सक्दिन । म केही काम गरूँ वा नगरूँ मैले नराम्रो काम गर्नचाहिँ सक्दिन । मैले गर्न खोजेको कामबाट राम्रो नतिजा आओस् भन्ने चाहन्छु र सकेसम्म राम्रो प्रयास गर्छु बाँकी भगवानको भरमा छोडिदिन्छु ।

निश्चित रूपमा तपाईं राम्रो हृदय भएको मानिस हुनुहुन्छ । त्यसैले यो चमकको पछाडि तपाईको एकेडेमिक र प्रोफेसनल पृष्ठभूमि कस्तो छ ?

म डक्टरल विद्यार्थी हुँ र रिवोकको सर्टिफाइड फिटनेस प्रोफेसनल पनि । मैले निरमा युनिभर्सिटीबाट एमबीए गरेकी छु । मैले मेरो अनुभव र ज्ञान प्रयोग गरेर अहिलेसम्म ५ हजारभन्दा बढी मानिसलाई बिना पैसा फेसबुकमार्फत फिटनेसको उद्देश्य प्राप्त गर्न सहयोग गरेकी छु ।

 तपाईले तौल घटाउनको लागि लिनुभएको दृढ निश्चयको रहस्यको बारेमा बुझ्न चाहेका छन्, बताउन सक्नुहुन्छ ?

म पहिले ८६ किलो थिएँ र एकै वर्षभित्र आफूलाई ५३ किलोमा र्झन सफल भएँ । मैले ३३ किलो तौल घटाएँ । म मोटो हुँदा पनि खुसी नै थिएँ । तर, अरूले मलाई उमेर बढी भएको रूपमा लिन थाले र यो कुरा मेरो मनमा गढ्यो । मलाई म १९ वर्षको मात्रै हुँदा कुनै पनि अपरिचितले मेरी बहिनीको आमा भनेको मन पर्दैन थियो । यस्ता ससाना कुराले मेरो मनभित्र हलचल उत्पन्न गरेको हुँदा मैले आफूलाई परिवर्तन गर्ने सोच बनाएँ ।

तपाईंले तौल कसरी घटाउनुभयो र कसरी त्यसको लागि केकस्तो त्याग गर्नुभयो भन्ने कुरा बताइदिनुहुन्छ ?

मैले नियमित फिटनेस र डाइट रुटिन अपनाएँ । डाइटिङ भनेको भोकै बस्नु होइन बरु राम्रो खानपान गर्नु हो । मैले आफूले चाहेको सबै चीज खाएँ तर ठिक्क मात्रामा र ठीक समयमा खाएँ । मैले कहिल्यै पनि क्य्रास डाइटिङ गरिन र धेरै व्यायाम पनि गरिन । सुरुमा मैले धेरै कार्डियो गरेँ र त्यसपछि वेट ट्रेनिङ गर्न थालेँ ।

कुनै पनि राम्रो उपलब्धि सजिलै प्राप्त हुँदैन । हामीलाई थाहा नै छ स्वस्थ रूपमा तौल घटाउन कुनै पनि सर्टकट उपाय छैन । फिटनेस जीवन जिउने तरिका हो र तौल घटाउन त्यस्तो कुनै पनि जादूको औषधि छैन । क्य्रास डाइटले छिटो रिजल्ट त दिन्छ तर यसले ऊर्जा खाइदिन्छ । यसले अरू स्वास्थ्य समस्याको जोखिममा पार्न सक्छ त्यसैले शरीरलाई जोखिममा पार्नु राम्रो रोजाइ होइन ।

तौल घटाउनुभन्दा त्यसलाई सही अवस्थामा राख्न धेरै गाह्रो हुन्छ । त्यसैले एकपटक तपाईंले यस्तो राम्रो फिगर पाइसकेपछि त्यसलाई त्यही अवस्थामा राख्न गाह्रो भएको होला । हामीलाई तपाईले कसरी फिटनेस मेन्टेन गर्नुहुन्छ त्यो बताउन सक्नुहुन्छ ?

मैले आफू कहिले पनि भोको नहुने किसिमले आफ्नो खानाको योजना बनाउँछु । प्रत्येक दुई घन्टामा थोरै थोरै परिमाणमा केही न केहि खाइरहेको हुन्छु । हाम्रो शरीरले केही विशेष किसिमको खानालाई बञ्चित गराइयो भने त्यसलाई खोजिरहेको हुन्छ । उदाहरणको लागि तपाईले सुगर खान बन्द गर्नुभयो भने त्यसलाई तपाईको शरीरले चाहन्छ । तसर्थ म प्रोटिन, फ्याट र कार्बोहाइड्रेट जस्ता सोर्सहरू चेक गरिराख्छु ।

यस्तो चामत्कारिक परिवर्तनपछि तपाईले आफ्नो जीवनमा कस्तो फरक महसुस गर्नुभयो ?

मैले ऐनालाई मन पराउन थालेँ, तौल नाप्ने मेसिन मेरो साथी बन्न थाल्यो र मलाई सानो भएका पुराना कपडाहरू ठीक हुन थाले । सबैले मेरो तारिफ गर्न थाले जसले सही बाटोमा आउनको लागि ऊर्जा थपिदियो । मैले आफैंलाई आफ्नो उद्देश्य प्राप्तिको लागि हौसला दिन थालेँ ।

देखिने गरि मेरो शारीरिक परिवर्तन भएको थियो तर खास परिवर्तन मनभित्रै भयो । तौल कम गर्ने काम यत्तिकै हुँदैन त्यसका लागि जीवनशैलीको साथमा सोचाइमा पनि परिवर्तन गर्नुपर्छ । यसले मलाई धैर्यपूर्वक रहन, अनुशासन र समर्पित भएर लाग्न सिकायो । सबैभन्दा प्रमुख यसले मेरो आत्मविश्वास बढायो

 फिट हुनका लागि विशेष टिप्स वा केही सन्देश दिन सक्नुहुन्छ ?

फिटनेस कलाकार, मोडलहरू र ट्रेनरहरूको लागि मात्रै होइन । हामी सबै फिट हुनपर्छ । जब हामी फिट हुन्छौं यसले हाम्रो सम्बन्धमा पनि सकारात्मक परिवर्तन ल्याउँछ र हाम्रो काममा उत्पादकत्व बढाउँछ ।

सबैजसो मानिसहरूले आफ्नो फिटनेशको उद्देश्य प्राप्त गर्नका लागि धेरै ठूलो योजना बनाउँछन् तर, केहीले मात्रै आफ्नो योजनाअनुसार तौल कम गर्न सक्छन् । फिट रहने हो भने तपाईले आफ्नो जीवनशैली सुहाउँदो डाइट र फिटनेस रुटिन अपनाउनुपर्छ ।

मुख्य कुरा तपाईले कहिल्यै पनि हार नखाई अघि बढ्दै जानुपर्छ । सर्टकट वा सजिलो कुनै उपाय छ भनेर त्यसको पछि लाग्नु हुँदैन । आफ्नो योजनामा दत्तचित्त भएर अघि बढिरहनसपर्छ ।

तौल कम गर्ने काम सफल नहुन्जेलसम्म असम्भवजस्तै देखिन्छ तर एक विकल्प हुन्छ । त्यसैले आकर्षक देखिने विकल्प छान्नुपर्छ ।

सपना सेलिब्रेटी फिटनेस ट्रेनर हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?