+
+

बर्षाको गुनासो-‘काम गरेको पैसा उठाउनै गाह्रो’

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १३:१४


नायिका बर्षा राउतले निर्देशक सिमोस सुनवारको स्टाटस सापटी लिदै आफ्नै पैसा उठाउन गाह्रो पर्ने रहेछ भनेर गुनासो गरिन् । आफूले माया गर्ने साथी भाइसँग, साथी भाइको अफिससँग, दुख पर्दा सापटी दिएको पैसा र चलचित्र क्षेत्रमा नाम चलेका निर्मातासँग पैसा उठाउन गाह्रो हुने उनले सापटी लिएको स्टाटसमा उल्लेख छ ।

बर्षाले आफूले चलचित्रमा काम गरेको पैसा नपाएको गुनासो गरिन् । तर, रमाइलो के भएछ भने, बर्षाले यो स्टाटस राख्ने वित्तिकै एक निर्माताले उनको बाँकी पैसा फिर्ता गरेछन् । बर्षाले निर्माताको नाम र रकम भने खुलाउन चाहिनन् ।

बर्षा भन्छिन्-‘चलचित्र क्षेत्रमा काम गरेको पैसा उठाउन गाह्रो छ । तर, म पैसा नपाएसम्म काम नै अड्काएर राखिदिन्छु, पुरा नै गर्दिनँ ।’ उनले, आफूले लिन बाँकी पैसा माग्न आफूलाई कत्ती पनि लाज नलाग्ने समेत बताइन् । उनले, आफ्ना प्रेमी संजोग कोइरालाले भने सापटी दिएको पैसा नउठेको पीडा धेरे भोग्ने गरेको समेत खुलाइन् ।

चलचित्र क्षेत्रमा काम गरेको पैसा उठाउन निकै गाह्रो हुने गुनासो सुन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?