Comments Add Comment

वर्षा शिवाकोटीले ट्रोल सेयर गर्दा वर्षा राउतको चित्त दुखाई(भिडियोसहित)

नेपाली फिल्म इन्डष्ट्रीभित्र एउटै नाम भएका दुई नायिका वर्षा राउत र वर्षा सिवाकोटीविच चर्को प्रतिस्पर्धा छ । सिवाकोटीले छोडेको फिल्म ‘गोपी’ राउतले लिएपछि त उनीहरुबीच अघोषित दुश्मनी नै सुरु भएको बताइन्छ ।
यसअघि पनि फिल्म ‘मेरो पैसा खोई’ मा राउतले शिवकोटीलाई विस्थापित गरेकी थिइन् । तर, दुबै वर्षाले आफूहरुबीच कुनै वैमनष्यता नरहेको दावी गर्दै आएका छन् ।

वर्षा राउतसँग गरिएको ‘ओके सेलिव्रेटी शो’को भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


यसैबीच, हालै मात्र सिवाकोटीले वर्षा राउत र उनलाई लिएर बनाइएको एउटा ट्रोल आफ्नो इन्स्टाग्रामको स्टोरीमा मात्र राखिन् र लाइक पनि ठोकिन् । आफूलाई होच्याएर बनाइएको ट्रोल शिवाकोटीले सेयर गर्दा राउतले चित्त दुखाएकी छन् ।

अनलाइनखबरको ‘ओके सेलिव्रेटी शो’मा कुराकानी गर्दै नायिका राउतले खुलेर प्रतिक्रिया नदिए पनि घुमाउरो असन्तुष्टी जनाइन् । वर्षाले भनिन्-‘सामाजिक संजालमा आफ्नो कुरा व्यक्त गर्न पाइन्छ । यदि यस्ता कुराले उनी खुशी हुन्छिन् भने मलाई केही भन्नु छैन । मेरो वेइज्जत गरेको ट्रोलमा उनी खुशी हुन्छिन् भने ठिकै छ । तर, म चाहिँ दर्शकलाई राम्रो चलचित्र दिएर खुशी हुन्छु । उनी यस्तै कुरामा खुशी हुन्छिन् भने म पनि खुशी नै छु ।’

वर्षाले वर्षा सिवाकोटीले छाडेका चलचित्र गरेर आफूलाई फाइदा भएको उनले बताइन् । उनले चलचित्र ‘मेरो पैसा खोई’ मा भने सिवाकोटीले छाडेपछि आफू आएको नभएर आफू आएपछि उनले छाडेको बताइन् । यो बिषयमा आफूले सिवाकोटीसँग कुरा गरेको पनि वषर्ाको भनाई छ । उनले आफूहरुबीच भएको कुराकानीको स्त्रिmनसट आफूसँग सुरक्षित रहेको भन्दै यो कुराले ठूलै विवाद निम्त्याएमा त्यो सार्वजनिक गर्न सक्ने समेत स्पष्ट पारेकी छिन् ।

वर्षाले कोही पनि मानिसलाई त्यत्तिकै नराम्रो भन्न नपाइने बताइन् । कोही मान्छेलाई मन नपराउन पाइने भन्दै उनले मन पर्दैन भन्दैमा कसैलाई होच्याउन भने नपाइने बताइन् । नाम एउटै भएकाले पनि आफूहरुविच यस्ता खालका विवादका खबर सार्वजनिक हुने गरेको वर्षाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment