१७ भदौ गुल्मी । गुल्मीमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ लाहाटा घर भएका ५ वर्षका नयन पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार दिदीसँग घाँस काट्न गएका उनलाई खोलाले बगाएको हो । घाँस काटेर आउने क्रममा उनी फेला नपरेपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए ।
आइतबार साँझ पनाहा खोलाले बगाएर झण्डै २ किलोमिटर तल मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम तम्घास ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4