१९ असोज, काठमाडौं । लगातार पााच खेलमा जित हात पार्न नसक्नु आफ्नो टिममा लागि राम्रो नभएको म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले स्वीकार गरेका छन् ।
लिगमा २९ वर्षमै सबैभन्दा खराब सुरुवात गरेपछि माउरिन्हो निकै दबावमा छन् । उनको टिमले सिजन सुरु भएदेखि नै ओल्ड ट्रार्फडमा जित निकालेको छैन ।
‘हामी यो भन्दा राम्रो गर्न सक्छौं । यसका लागि अंक चाहिन्छ । पछिल्ला दुई खेलमा हामीले अंक गुमाएका छौं’ आइतबार न्यूक्यासलसँग खेल्नु अघि उनले भनेका छन् ।
म्यानचेष्टर युनाइटेडले पछिल्लो खेल च्याम्पियन्स लिगमा भ्यालेन्सियासँग गोलरहित बराबरी खेलेको थियो । सिजनको सुरुमा टोटनहृयामसँग ३-० ले हारेको युनाइटेड घरेलु मैदानमा भएको अर्को खेलमा वेल्भ्ससाग १-१ को बराबरीमा रोकिएको थियो ।
‘पछिल्लो सात खेलमा एक मात्र हार व्यहोरेका छौं । तर, तीन खेलमा जित पनि हात पारेका छैनौं’ माउरिन्होले भने, ‘शनिबार जितका लागि प्रयास गर्नु महत्वपूर्ण छ ।’
७ खेलबाट १० अंक जोडेको युनाइटेड लिगको १० औं स्थानमा छ भने न्यूक्यासल लिगमा पहिलो जितको खोजीमा छ ।
प्रतिक्रिया 4