+

माइग्रेनको समस्या छ ? यस्तो छ घरेलु उपचार विधी  

२०७५ असोज  २६ गते १३:२८ २०७५ असोज २६ गते १३:२८
माइग्रेनको समस्या छ ? यस्तो छ घरेलु उपचार विधी  

विश्वको तेश्रो ठूलो समस्याको रुपमा रहेको माइग्रेको समस्या नेपालीहरु माझ आम समस्या हो ।  नेपालमा १८ प्रतिशत महिला तथा १४ प्रतिशत पुरुषमा यो समस्या देखिएको छ ।

हर्मोनको गडबडी, गर्भनिरोधक चक्कीको सेवन  लगायतका कारण पनि यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गरिन्छ । माइग्रेनको समस्या भएमा यसले दैनिकीलाई समेत प्रभाव पर्ने हुँदा यसबारे सचेत रहन आवश्यक छ ।

के हो माइग्रेन ?

टाउको दुखाईको विभिन्न  प्रकारमध्ये माइग्रेन पनि एउटा प्रकार हो । नेपालमा  सात वर्षको बालबालिकादेखि साठी वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । यो समस्या एकपटक भएमा जीवनभर रहिरहने हुदाँ यसलाई समयमै सावधानी अपनाउन जरुरी छ । अन्यथा, यो  धेरै पिडादायक हुनसक्छ ।

सामान्यतथा, माइग्रेनको दुखाई एकपटक सुरु भएपछि न्युनतम चार देखि ७२ घण्टा सम्म रहिरहन सक्छ ।

माइग्रेन भएमा बत्तीको प्रकार, चहकिलो बत्तीका कारण पनि टाउकोमा असहय पिडा भएमा तथा हात खुट्टा झमझमाउने, वान्ता हुने, आवाज प्रति टाउको संवेदनशील हुने गर्छ ।

माइग्रेनको कारण

माइग्रेनका कारण टाउको दुखेमा वाकवाकी लाग्ने, वान्ता हुने, डायरिया हुने लगायतको समस्या निम्तने गर्छ । माइग्रेनका कारण टाउको दुखेमा खाना सानो आन्द्रामा ढिलो गरी पुग्ने गर्छ । जसले गर्दा शरीरको पाचन प्रणालीमा विपरित असर पर्छ । साथै, चर्को घाम, बत्तीको प्रकाश तथा आवाज प्रति संवेदनशीलता बढ्न थाल्छ । त्यस्तै, फुलको गन्ध, डियोड्रेन्ट तथा परफ्युमबाट निस्कने कडा कारणका कारण पनि माइग्रेन हुनसक्छ ।

एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि समस्या लिएर अस्पताल पुग्ने विरामीमध्य करिब सात देखि आठ जनालाई माइग्रेन सम्बन्धि समस्या हुने गर्छ । र, यो समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ ।

कसरी थाहा पाउने ?

-पटक पटक टाउको दुख्ने

-केही घण्टासम्म  टाउको दुख्ने

-टाउको भारी हुने

-टाउको टनटन हुने गरी दुख्ने

-अत्याधिक टाउको दुखाईका कारण चक्कर लाग्ने तथा वान्ता हुने

कसलाई हुनसक्छ माइग्रेन ?

यस किसिमको टाउको दुखाईले १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई बढी प्रभावित पार्छ । परिवारमा पहिले कसैलाई माइग्रेनको समस्या भएमा पनि उक्त परिवारका अन्य सदस्यलाई माइग्रेनको जोखिम तीन देखि चार गुणा बढी हुने गर्छ ।  त्यसैले पनि माइग्रेन भएको शंका लागेमा तुरुन्तै चिकित्सकसित परामर्श गर्नु पर्छ । र, ब्रेन स्कि्रनिङ्ग गराउनु पर्छ ।

-टाउको अचानक दुखेमा वा टाउकोमा असहनीय पिडा भएमा

-पहिले भन्दा फरक वा पहिले भन्दा धेरै टाउको दुखेमा

-टाउको दुख्नुका साथै उल्टी भएमा,

– हात खुट्टामा कमजोरी महसुस भएमा वा बेहोश भएमा

-दुखाईकै कारण विहान बेलुकीको निद्रा टुटेमा

माइग्रेनले हुनसक्छ  ब्रेन स्ट्रोक

अन्य व्यक्तिको तुलनामा माइग्रेनको समस्या हुने व्यक्तिलाई स्ट्रोकको खतरा दुई गुणा बढी हुन्छ । वैज्ञानिकहरुले जनाए अनुसार यो तथ्यले उनीहरुलाई स्ट्रोक प्रति संवेदनशीलतबारे अध्ययन गर्न थप सहायता मिल्छ । धुमपानका साथै दिनचर्यासित असम्बन्धित अस्वस्थ बानी पनि माइग्रेनको कारण बन्न सक्छ । र, माइग्रेनकेा समस्या भएका टाउकाको आधा भाग दुख्ने गर्छ, जसलाई गम्भीरता पूर्वक लिन निकै आवश्यक छ ।

माइग्रेनबाट बच्ने घरेलु उपाय

-माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण  टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।

-एउटा तौलियालाई तातो पानीमा डुबाएर त्यही तौलियाले केही बेर दुखेको भागमा मसाज गरेको खण्डमा आराम मिल्छ । माइग्रेन भएमा वरफको टुक्रा पनि प्रयोग गर्न सकिन्छ ।

-माइग्रेन भएमा सासको गतिलाई कम गर्नु पर्छ । किनकी लामो लामो सास फेर्नाले टाउको दुख्ने समस्या झन् बढ्न सक्छ ।

-माइग्रेन भएमा कपूरलाई घ्यूमा मिलाएर हल्का हातले टाउकोमा  मालिस गर्नाले पनि दुखाई कम हुने गर्छ ।

-बटरमा मिश्री मिसाएर खानाले पनि माइग्रेनको समस्या कम हुने गर्छ ।

-कागतीको बोक्रालाई पिसेर, यसको लेप निधारमा लगाउनाले पनि माइग्रेन ठीक हुनसक्छ ।

-माइग्रेनमा आरोमा थेरापीले राहत दिनसक्छ । अरोमा थेरापीमा हर्वल तेलको प्रयोग गरिन्छ । यसमा हर्वल तेललाइ निश्चित प्रकि्रयाद्धारा हावामा फैलाइन्छ र  वाफका माध्यमद्धारा उक्त तेललाई अनुहारमा लगाइन्छ ।

-माइग्रेनमा टाउको दुख्ने समस्या भएमा मन्द संगीत सुन्नु फाइदाजनक हुनसक्छ । मधुरो संगीत तथा धुनले मनलाई अन्तै मोड्नुका साथै दिमागलाई शान्त पार्छ ।

माइग्रेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा