Comments Add Comment

पूर्वी तराई छठमय बन्दै (फोटो फिचर)

२६ कात्तिक, विराटनगर । पूर्वी नेपालका तराई मधेसका नदी, पोखरी,  हाटबजार छठमय बनेका छन् । जलाशय किनारमा छठीमातालाई पवित्र सामग्री नैवेद्य चढाएपछि उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिनका लागि मधेसका नदी, पोखरी सिगार्न थालिएको छ ।

घाट बनाउन नदी, पोखरीमा घुइँचो लागेको छ । नदी पोखरीमात्र होइन छठी मातालाई केरा, मूला, अदुवा, नरिवल, पान, सुपारी, नाङ्लो, ढकी, चंगेरी, माटोको हात्ती किनमेलका लागि आउनेको भीडले हाटबजार भरिएका छन् । छठमा माटोको सामाग्रीले अत्यधिक बजार पाउँछ ।

विरानगर क्षेत्रका सुघिया र केशलिया सिगार्न थालिएको छ ।जसका कारण यी खोला आसपासका किनार छटी माताको पुजा आराधना गर्न झकिझकाउ बनाउने काम सुरु भएको छ ।

सूर्यदेवको आरधना, उपसना र पूजाको लागि आवश्य पर्ने पू्जा सामग्री किन्नेको बजारमा भीड लागेको छ । यो पर्वमा केरा, उखु, नरिवललगायतका फलफूल, बाँसद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ ।

त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ती, घैलालगायत सामग्री र महिलाले लगाउने वस्त्र, गरगहना चाहिन्छ । पर्वमा यी सामग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा चढाइन्छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तरगत आज दोस्रो दिन खरना मनाइदैँछ ।

आजकै दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बस्छन् ।

आजै बेलुकीपख चन्ऽमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटोकै नयाँ भाडामा सख्खर, दुध र गम्हरीको चामलको खिर पकाइन्छ ।

यो पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवतरुपमा समापन हुन्छ । छठ पर्वमा व्रत गरे दुस्ख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment