Comments Add Comment

अर्जुन र मलाइकाले फ्ल्याट किने, घरजमको तयारी

लामो समयदेखि गुपचुप प्रेममा रहेका बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडाले अब भने घरजम गर्ने तयारी गरेका छन् । उनीहरुले हालै लोखन्डवालामा एउटा आलिसान फ्ल्याट खरीद गरे । चाँडै बिहे गर्ने मनसायका साथ उनीहरुले यो फ्लयाट किनेको बताइएको छ । यद्यपि, दुवैले यसको विषयमा औपचारिक रुपमा मुख खोलेका छैनन् । उनीहरुको बिहे पनि गोप्यरुपमा नै हुन सक्ने अनुमान गरिएको छ ।

मलाइका अर्जुनभन्दा १० वर्ष जेठी छन् । उनी सलमान खानकी भाउजु तथा अरवाज खानकी पत्नी थिइन् । अर्जुनसँग लागेपछि अरवाजसँग मलाइकाको सम्वन्ध बिग्रेको थियो । अन्ततः उनीहरुले गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका लक्का जवान छोरा पनि छन् ।

डिभोर्सपछि मलिका फुक्काफाल भइन् । अनि उनलाई अर्जुनसँग सम्वन्ध अघि बढाउन सहज भयो । मिडियासामु सम्वन्ध स्वीकार नगरे पनि अर्जुन र मलाइकाको प्रेम जतासुकै छताछुल्ल पोखिन थालेको छ । केही दिनअघि सार्वजनिक भएको तस्वीरमा उनीहरु निकै इन्टिमेट देखिएका थिए ।

अर्जुन र मलाइकाले आउँदो वर्ष बिहे गर्न सक्ने अड्कल काटिएको छ । यद्यपि, अर्जुनको परिवार भने यो बिहेको पक्षमा छैन । बाबु बोनी कपुर र बहिनीहरुले उनलाई मलाइकासँग सम्वन्ध तोड्न दवाव दिइरहेको बताइन्छ । तर, अर्जुन मलाइकासँगको प्रेममा चुर्लुम्म डुबिसकेकाले छाड्ने सम्भावना न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment