Comments Add Comment

कलंकी-नागढुंगा सडक, जहाँ सरकार छ !

१२ मंसिर, काठमाडौं । ‘वर्षौंदेखिको सपना थियो कलंकी-नागढुंगा । हेर्न जानुस् बन्दैछ राम्ररी, तीव्रताका साथ । हो त्यहाँ छ सरकार ।’

सरकार कहाँ छ भन्नेहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भनेका थिए ।

राजधानी प्रवेश गर्ने मुख्य नाका कलंकी-नागढुंगा सडक वर्षौसम्म अस्तव्यस्त थियो । वर्षामा हिलो र अरुबेला धुलोले सडकमा यात्रा गर्नै सकस हुन्छ । स्थानीयबासीको त बेहाल नै छ । त्यसैले सरकारका आलोचकले मात्र होइन, आम मानिसले समेत त्यहाँ सरकारको उपस्थिति खोजेका थिए ।

प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाटै ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार’ भनेपछि हामीलाई पनि जिज्ञासा लाग्यो, कस्तो बनेछ त सडक ?

यही जिज्ञाशा बोकेर अनलाइनखबरको टोली बुधबार विहान कलंकी नागढुंगा सडकखण्डमा पुग्यो । त्यस क्रममा केही स्थानीयबासी र यात्रुसँग कुराकानी पनि गरियो ।

यो सडक खण्डमा हिजो पनि कामनभएको होइन तर, कामको गति सन्तोषजनक र व्यवस्थित थिएन ।

स्थानीयले पनि सडक विस्तारमा भइरहेको ढिलासुस्ती र अस्तव्यस्तताको विषयमा गुनासो गरे । यहाँको वातावरण अहिले पनि उही नै छ । सडकमा यात्रा गर्नेहरु धुलोको कुहिरोमा हराउँछन् । कतै हिलोमा खुट्टा गाडिन्छ । हामी सडकमा हिँडिरहेको बेला एउटा मोटरसाइकल हिलोमा चिप्लिएर लड्यो ।

यो सडकको दुर्गती हिजो जस्तै छ, त्यस्तै भेटियो । स्थानयीबासीको आक्रोस पनि हिजोको भन्दा कम भएको छैन । प्रधानन्त्रीकै शैलीमा भन्नुपर्दा नागढुंगा- कलंकी सडकमा सरकार त भेटियो तर, खोजेजस्तो भेटिएन ।

भिडियाेमा हेर्नुहाेस् कलंकी-नागढुंगा सडक, जहाँ सरकार छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment