चलचित्रको पर्दामा देखिने कलाकार दर्शकमाझ विभिन्न कुराले परिचित हुन्छन् । कोही कलाकार अभिनय, कोही कलाकार लुक्स त कोही कलाकार पहिरनको कारणले चर्चामा रहन्छन् । दर्शकले यी कुराबाट पनि ती कलाकारलाई नोटिस गर्छन् ।
आफ्नो फरक हेयर स्टाइल, लुक्स र पहिरनको कारणले गर्दा दर्शकमाझ नोटिस भएका नायक हुन् सलिनमान बनियाँ । पहिलो चलचित्र ‘ए मेरो हजुर २’बाट नै फ्यान कमाएका सलिनको पहिरन, कपालको स्टाइल अरुको भन्दा विल्कुल भिन्न छ । नयाँ चलचित्र ‘यात्रा’का लागि निकै नै आशावादी देखिएका सलिनमान पहिरनमा पनि भिन्न छन् । उनले, आफ्नो यो स्टाइल भएको बताए ।
चलचित्र क्षेत्रमा आएसँगै एउटै स्टाइलको पहिरन र कपाल बनाइरहेका सलिनमानले अझै पनि यसलाई निरन्तरता दिइरहेका छन् । उनको यही शैलीको फ्यान हजारौ छन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4