Comments Add Comment

किन अड्कियो कविता र शक्तिको फिल्म ?

केही समय अगाडि छोटो टिजर नै सार्वजनिक गरिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को छायांकन अहिले अड्किएको छ । यो चलचित्रमा मल्टिस्टारर कलाकार थिए । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरिरहेका थिए ।

साथमा, चलचित्रमा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनय गरिरहेका थिए । उनीहरु, यहि चलचित्रबाट यो क्षेत्रमा डेब्यू गर्दैछन् ।

तर, अहिले यो चलचित्रको अत्तोपत्तो छैन । दिपेश सापकोटाले निर्देशन गरिरहेको चलचित्रलाई ‘बागमती’ चलचित्र बनाएर चुर्लुम्बै डुबेका निर्माताद्धय दिनेश दर्शनधारी र यशोधा राइको लगानी छ । अहिले यो चलचित्रको छायांकन रोकिएको छ । मल्टिस्टारर चलचित्र अब कसरी अगाडि बढ्छ भन्ने टुंगो छैन । वुझिएअनुसार, नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ विदेशमा छन् । उनी नेपालमा नहुँदा चलचित्रको छायांकन प्रभावित भएको हो ।

महंगो लगानीमा बनिरहेको चलचित्र अड्किएको खण्डमा निर्माताले फेरि ठूलै लगानी घाटा ब्यहोर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment