Comments Add Comment

गोबरको बासना साह्रै मनपर्छः बर्षा राउत (भिडियो)

नायक खगेन्द्र लामिछानेले अन्तिम समयमा आएर चलचित्र ‘गोपी’मा काम नगर्ने निर्णय गरेपछि यसको निर्माणपक्ष अप्ठ्यारोमा पर्यो । खगेन्द्रले नगर्ने भनेको भूमिका एकपटक नायक विपिन कार्कीलाई अफर गर्ने निर्णयमा यसको टिम पुग्यो र गर्यो पनि ।

चलचित्र रिलिज हुन करिब ३ साता बाँकी रहँदै गर्दा नायक विपिन कार्की संझन्छन्–‘मैले ३ घन्टामा नै यो चलचित्रको कथा पढेर सकेको थिएँ । मलाई हतपत्त कथाले बाँधेको छैन । तर, मैले ३ घन्टामा यसै कथा पढिसकेको थिइनँ होला ।’

काठमाण्डौमा आयोजित पत्रकारसँगको साक्षात्कार कार्यक्रममा विपिनले चलचित्रमा काम गर्दाको अनुभव पनि सुनाए । उनले भने–‘म सानैदेखि घाँस दाउरा गर्थेँ । गाइको गोठमा पनि खुबै काम गरेको छु । यसैले पनि मलाई यो भूमिका गर्न त्यती गाह्रो भएन ।’

विपिन कार्कीको जस्तै अनुभव नायिका बर्षा राउतको पनि छ । बर्षा पनि अर्की नायिका बर्षा सिवाकोटीले छाडेपछि यो चलचित्रमा जोडिएकी हुन् । बर्षा राउत अहिले काठमाण्डौमा रमाएपनि, उनी यही जन्मिएपनि उनको बुबाको घर सिन्धुली हो । यसैले बुबासँग गाउँमा जाँदा उनले जनावरसँग खेल्ने गरेको सुनाइन् । यतिमात्र होइन, यो चलचित्रमा काम गरेपछि बर्षालाई आफ्नै देशमा केही गर्न मन लागेको छ । उनले भनिन्–‘मलाई पनि कहिलेकाही विदेशमा गएर केही गरौ भन्ने लागेको थियो । तर, पछि आफूले नै यहाँ केही गर्न थालेपछि विदेश जाने सोच हट्यो । यो चलचित्रमा काम गरेपछि झनै उत्प्रेरणा मिलेको छ ।’

नायिका सुरक्षा पन्त भने चलचित्रले पुरै मानिसको स्वभाव नै परिवर्तन गर्न नसक्ने बताउँछिन् । तर, १० जनामा १ जना दर्शकको जीवनमा परिवर्तन आयो भने त्यसलाई उपलब्धीको रुपमा मान्नुपर्ने उनको भनाई छ ।
आफूलाई चलचित्रको करिअरमा यस्तो खालको काम गर्न विशेष मनपर्ने भन्दै सुरक्षाले यस्तो भूमिका अफर गर्न निर्मातासँग आग्रह पनि गरिन् ।

दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको लेखन छ । लेखक तिमिल्सिना भन्छन्–‘चलचित्रले गाइ र कृषकको कथा मात्र भन्दैन । यसमा प्रेम छ, गाइसँगको भावना छ । चलचित्रमा रोमान्टिक गीत, कमेडी पनि छ ।’

निर्देशक लामा भन्छन्–‘मैले कथा लिएर केही निर्माताको घरमा पुगेँ । तर, उहाँहरुले यस्तो कथामा चलचित्र बनाएर फाइदा हुँदैन समेत भन्नुभयो । मलाई लाग्छ, यस्ता कथामा पनि चलचित्र बनाउनुपर्छ ।’ चलचित्रमा कलाकार अंकित खड्का, भोलाराज सापकोटाको पनि मुख्य भूमिका छ । आफू चलचित्रमा नेगेटिभ भूमिकामा रहेको भन्दै अंकितले दर्शकले आफ्नो भूमिकालाई मन पराउने विश्वास व्यक्त गरे । यता, कलाकार भोलाराज सापकोटा आफूले फरक बिषयका कथामा मात्र काम गर्दै आएको भन्दै यो चलचित्रको कथा दमदार भएको सुनाए ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको यो चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment