काठमाडौं । कप्तान सर्जिओ रामोसले सिजनको १६ औं तथा पाँचौं पेनाल्टीमा गोल गर्दा स्पेनले युरो कप २०१२ को छनोटमा नर्वेलाई हराएको छ ।
रामोसले पनेन्का शैलीमा पेनाल्टी गोल गरेका थिए, जसको मदतमा स्पेनले नर्वेलाई २–१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा स्पेनले १६ औं मिनेटमा रोड्रिगोको गोलबाट अग्रता लिएको थियो ।
तर, दोस्रो हाफको ५६ औं मिनेटमा जोशुआ किङले नर्वेका लागि पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए ।
स्पेनले १९६४, २००८ र २०१२ मा युरोपियन च्याम्पियन जितेको थियो ।
प्रतिक्रिया 4