Comments Add Comment

अमेरिकासँगको लडाइँले हुवावेलाई फाइदा !

स्मार्टफोन तथा टेलिकम उपकरण निर्माता चिनिया कम्पनी हुवावे पछिल्लो समय विवादमा परिरहेको छ । यसले कम्पनीमाथि संकट थपिरहेकेा छ । र कम्पनीका संस्थापक रेन चेंगफेइले भने यसको उज्यालो पाटो हेर्ने प्रयास गरिरहेका छन् ।

यी चिनिया अर्बपतिले उनको कम्पनीको विश्वव्यापी कार्य विरुद्ध अमेरिकी अभियानको सामना गरिरहेका छन् भने उनकी छोरी तथा कम्पनीकी प्रमुख वित्तिय अधिकृतले आपराधिक अभियोगमा क्यानडाबाट अमेरिका सुपुर्दगी हुने खतरामा छिन् ।

तर विगतमा चिनियाँ जनमुक्ति सेनामा समेत काम गरेका रेनलाई यो संघर्षले सकारात्मक नतिजा ल्याउने विश्वास छ ।

सिएनएनलाई दिएको अन्तर्वार्तामा उनले अमेरिकी सरकारको आक्रमण तथा दमनले कम्पनीका कर्मचारीहरुलाई सजग बनाउन सहयोग पुगेको बताउँछन् ।

रेन भन्छन्, ‘वर्षौँ देखिको सफलताका कारण हाम्रो समूह अल्छी, भ्रष्ट तथा कमजोर बन्दै गएको थियो । तर अमेरिकाको आक्रमण र दमनपछि अहिले हामी सबैजना एक्येबद्ध भएका छौँ र हाम्रा उत्पादन तथा सेवालाई अझै उत्कृष्ट बनाउन लागि परेका छौँ ।’

रेनको परिवारले सांस्कृतिक क्रान्तिताका समेत पुँजीवादीको आरोपको सामना गरेको थियो । जब उनले सन् १९८७ मा हुवावे कम्पनी स्थापना गरे, चीनमा उनलाई पुँजीवादी परस्त भएको आरोप पनि लगाइयो । जबकी पश्चिमा देशले उनलाई कम्युनिष्ट परस्त भन्दै आएका छन् ।

तर रेन भने कठिनाई तथा चुनौतिहरुको सामना गर्नैपर्ने यसले कम्पनी तथा कम्पनीका सबै कर्मचारीलाई झनै ससक्त बनाउने बताउँछन् ।

उनी भन्छन्, ‘हिरोले सदैव धेरै कठिनाईको सामना गर्दछन् । यसले नै तपाईंलाई ससक्त बनाउँदछ । यदि तपाईंलाई कहिल्यै पनि तर्साइएन र घाइते बनाइएन भने तपाइँ कसरी बलियो बन्नुहुन्छ ?’

आफ्नी छोरी तथा कम्पनीकी वित्तिय अधिकारीले क्यानडामा भोगिरहेको पीडाप्रति लक्षित गर्दै उनले त्यो पीडा सेत उनका लागि राम्रो शिक्षा भएको र त्यसले उनलाई फाइदा नै गर्ने बताए ।
चर्चित कम्पनीको कार्यकारीलाई काम गर्न नदिएर यसरी अर्को मुलुकले बन्धक बनाई राख्नु लज्जाको विषय भएको पनि उनले बताए ।

अमेरिकाले आफ्ना मित्र राष्ट्रहरुलाई फाइभ जी नेटवर्कमा हुवावेका उपकरण प्रयोग नगर्न आव्हान गरिसकेको छ । हुवावेका उपकरण मात्र बेइजिङले अन्य मुलुकमा जासूसी गरिरहेको आरोप अमेरिकाको छ । तर हुवावेले भने आफ्ना प्रडक्टहरुबाट कुनैपनि सुरक्षा चुनौति रहेको भन्ने आरोप अस्विकार गर्दै आएकेा छ ।

हुवावे फाइभ जी प्रविधिको क्षेत्रमा एउटा मुख्य खेलाडि हो । यो विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता हो भने स्मार्टफोन बजारमा एप्पल र सामसुङको मुख्य प्रतिस्पर्धी  ।

गुगल आउँदा चीनलाई फाइदा

अमेरिकाले आफ्नो कम्पनीविरुद्ध अभियान छेडेको भएपनि उनी अमेरिका विरोधीको रुपमा आफूलाई चिनाउन चाहँदैनन् । विश्वको व्यवसायिक तथा प्रविधिको क्षेत्रमा अग्रणी रहेकेा भन्दै उनी अमेरिकाको तारिफ गर्दछन् । तर, अमेरिकाको निरन्तरको पेलाईले हुवावेका कर्मचारीहरुलाई संकीर्ण राष्ट्रवादतर्फ धकेलेर अमेरिका विरोधी बनाउने हो कि भन्ने चिन्ता उनलाई छ ।

रेनविरुद्ध पनि अमेरिकामा उजुरी परेको छ । त्यसैले अमेरिका भ्रमणमा गएमा उनी पक्राउ पर्ने खतरा पनि छ । पक्राउ पर्ने डरले अमेरिका भ्रमणमा जानु भएको होइन ? भन्ने प्रश्नमा उनले अमेरिका हुवावेका लागि केवल एउटा सानो बजार भएको भन्दै अमेरिका जाने काम नै नपरेको बताए । यदि अमेरिका भ्रमणका क्रममा आफू पक्राउ परेर जेलमा बस्नुपरेमा आफूले जेलभित्रै अमेरिका कसरी विश्वको सबैभन्दा शक्तिशाली मुलुक बन्यो ? भन्ने बारेमा एउटा किताब लेख्नेछु भनेर ठट्टा समेत गरे ।

रेनले अमेरिकाका ठूला प्रविधि कम्पनीहरुमाथि चीनले लगाएको प्रतिबन्धको पनि आलोचना गरे ।

गुगल, अमेन तथा यस्तै अन्य ठूला अमेरिकी प्रविधि कम्पनीहरुलाई चीनमा प्रवेश दिनुपर्दछ भनेर आफूले पैरवी गरिरहेको भन्दै उनले यी कम्पनीलाई चीन आउन दिँदा चीनलाई नै फाइदा पुग्ने बताए ।

गुगल, फेसबुक तथा टि्वटर जस्ता कम्पनीहरु चीनमा प्रतिबन्धित छन् । अमेजनलाई केही कडा शर्त र बन्देजहरुमा बाँधेर सञ्चालन हुन दिइएको छ । तर यसले अलिबाबा तथा जेडी डट कमजस्ता चिनिया कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सकेको छैन । सिएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment