Comments Add Comment

‘दाल भात तरकारी’का पिंकी र राहु

यही शुक्रबारदेखि बर्षकै पहिलो प्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’ रिलिज हुँदैछ । किरण केसीको निर्माणमा मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्रको मुख्य भूमिकामा नायक पुष्प खड्का र नायिका आँचल शर्मा छन् । चलचित्र भित्र यी दुइलाई ‘राहु र पिंकी’को भूमिकामा दर्शकले देख्न पाउनेछन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै नायिका आँचल शर्माले भनिन्–‘चलचित्र भित्र म बिग्रिएकी छोरीको भूमिकामा देखिदैछु । जो आफ्नो प्रेमीसँग मध्यरातमा उसको कोठामा पुग्छे ।’ चलचित्र हेरेर निस्किएपछि दर्शकले आफूलाई नोटिस गर्ने आँचलको भनाई छ । चलचित्रमा आँचलको साथमा नायिका निरुता सिंह, बर्षा राउत र प्रियंका कार्की पनि छन् । धेरै नायिका हुँदा पनि दर्शकले आफ्नो कामलाई नोटिस गर्ने र हलबाट बाहिर निस्किएपछि आफूलाई संझने आँचलको तर्क थियो ।

नायक पुष्प खड्काले पनि चलचित्रमा आफू धनी बाउको विग्रिएको छोराको भूमिकामा देखिएको बताए । पुष्पले आफ्नो भूमिकाले केही यूवाहरुको प्रतिनिधित्व गर्ने पनि सुनाए । नायक पुष्प खड्काले यो चलचित्रमा काम गर्नुको कारण यसको टिम भएको सुनाए । पुष्पले भने–‘मैले भोलीका मेरा सन्ततीलाई मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य जस्ता कलाकारसँग एकसाथ काम गरेको थिएँ भनेर भन्न सक्छु । अर्कोतिर, चलचित्रमा मेरो भूमिका पनि राम्रो छ ।’

चलचित्र ‘दाल भात तरकारी’ नेपाली समाजको हरेक घरमा रहेको कथा भएको आँचल र पुष्पको दाबी छ । चलचित्र हेर्दा दर्शकले पात्रमा आफूलाई देख्ने उनीहरुले सुनाए । चलचित्रले कमेडीको माध्यमबाट दर्शकलाई घर–घरको कथा भन्ने यो जोडीको भनाई छ ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment