
२० वैशाख, काठमाडाैं । सरकारले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात प्राधिकरण गठन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम सो विषय उल्लेख छ । यस्तै सरकारले सहरहरुमा ठूला सार्वजनिक सवारी साधन चलाउन प्रोत्साहन गर्ने नीति लिएको छ ।
सरकारले काठमाडौं उपत्यकासहितका ठूला सहरमा सरकार र निजी क्षेत्रको सहभागितामा विद्युतीय सवारीसाधन चलाउने पनि जनाएको छ ।
सरकारले यसै आर्थिक वर्षभित्र सार्बजनिक यातायातमा डिजिटल यात्रा कार्ड प्रयोगमा ल्याउने पनि जनाएको छ ।
विद्युतीय सवारीसाधन चलाउन प्रोत्साहन गर्न देशैभरी विद्युतीय चार्जिङ स्टेशन जडान गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4