+

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

२०७६ वैशाख  २९ गते २१:३९ २०७६ वैशाख २९ गते २१:३९
म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गरेको छ । जित्नै पर्ने खेलमा आइतबार राति ब्राइटनलाई ४-१ ले हराएसँगै सिटीले लगातार दोस्रो सिजन उपाधि रक्षा गरेको हो ।

प्रिमियर लिगको इतिहासमा लगातार उपाधि जित्ने म्यानचेष्टर युनाइटेड र चेल्सीपछि तेस्रो क्लब बनेको छ भने पेप ग्वार्डिओला लगातार लिगको उपाधि जित्ने दोस्रो म्यानेजर बनेका छन् ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा उसले २७ औं मिनेटमा मुर्रेको गोलबाट अग्रता लिएको थियो । तर, एक मिनेटपछि नै सर्जिओ एग्युरोले बराबरी गोल फर्काए ।
३८ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ६३ औं मिनेटमा महरेजले तथा ७२ औं मिनेटमा गुन्डोगोनले गोल गर्दै उपाधि सुनिश्चित गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय