Comments Add Comment

बिहेको नाममा चीनमा पाकिस्तानी युवतीको तस्करी

काठमाडौं । विवाहको नाममा पाकिस्तानी युवतीहरुलाई तस्करी गरेर चीनमा लैजाने गरिएको पाइएको छ । यसरी बेचिएका युवतीहरुले हिंसाको सामना गर्नु परेको थुप्रै घटनाहरु पाइएको छ । केहीलाई त गैरकानुनी रुपमा अंगदान समेत गर्न लागाइएको दाबी छ ।

पाकिस्तानको संघीय जाँच एजेन्सी -एफआईए)का अनुसार अहिलेसम्म सयौं केस आएको छ ।

बेइजिङस्थित पाकिस्तानी दूताबासका अधिकारीहरुले पनि हरेक दिन दुईतीन वटा उजुरी आउने गरेको सुनाए । कहिले पीडित स्वयंम त अहिले परिवारका सदस्यहरुले मदतका लागि आग्रह गर्ने गरेका छन् ।

इस्लामाबादस्थित चिनियाँ दूताबासका प्रवक्ताको तर्फबाट जारी बयानमा केही चिनियाँ नागरिकलाई हिरासतमा राखेर कारबाही थालिएको बताएको छ ।

अहिलेसम्म २० युवतीलाई त उद्दार गरेर पाकिस्तान फर्काएको छ । उनीहरु मध्ये एक हुन् समीना मसीह (परिर्वतित नाम) । यस्तो छ उनको भोगाइः

मेरो उमेर २० वर्ष भयो र म गुजरावालाको हुँ । छिमेकीको माध्यमबाट घरमा चिनियाँ सम्बन्धको प्रस्ताव आयो । परिवारका सदस्यहरुलाई केटाको तस्वीर देखाइयो र भनियो कि यदि केटालाई केटी मन पर्‍यो भने मेरो जिन्दगी बलिनेछ । मेरो जीवन साँच्चै बदलियो ।

मेरो बिहे २४ सेप्टेम्बरमा ली ताओसँग भयो । पहिले मलाई एक महिना इस्लामाजबादमा राखियो । त्यहाँ अरु तीन युवती पनि थिए । मेरो वी च्याट एकाउन्ट पनि बनाइयो तर, प्रयोग पतिले गरे ।
डकुमेन्टहरु बनेपछि हामी चीन गयौं । हवाई जहाज, ट्रेन र कारको तीन दिनको यात्रापछि हामी सांघाई नजिकैको शहर जियांगशू पुग्यो । ली ताओको घरमा एउटा कोठा र एउटा लाउन्ज थियो । सिंगो घरमा एउटा मात्र वाशरुम थियो । ताओले मलाई एक महिलासँग भेट्टाए, जसलाई उनले आफ्नो आमाको रुपमा चिनाए । उनी हामीसँगै बस्थिन तर, निकै कम मात्र कुराकानी हुन्थ्यो । उनी टुटेफुटेको अंग्रेजी बोल्थिन र, मलाई पनि टुटेफुटेको अंग्रेजी मात्र आउँथ्यो । त्यसैले हाम्रो कुराकानी कम हुन्थ्यो ।

बिहेको कोही दिनपछि मेरो श्रीमान दैनिक साँझ नशामा लठि्ठएर घर आउँथे र जबरजस्ती यौनसम्बन्ध राख्न माग गर्थे । मलाई यस्तो लाग्थ्यो कि म उसले खरिद गरेको बस्तु हुँ, जसलाई उनले चाहेको बेला प्रयोग गर्न सक्छ । अस्वीकार गर्दा कुटपिट गर्थे ।

मेरो बुबालाई केटा सीप्याकमा काम गर्छ भनिएको थियो तर, चीन पुगेपछि थाहा भयो उनी त कम्प्युटर इन्जिनियर रहेछन् । केही दिनपछि चीनमा रहेका पाकिस्तानी युवतीहरुसँग कुराकानी हुनथाल्यो । उनीहरु मध्ये नानजिङमा बस्ने एक जनालाई पहिल्यै चिन्थेँ ।

उनले भनिन् कि जे सुकै होस्, बाहिर नजाऊ । उनलाई श्रीमानले डान्सबारमा लगेर साथीहरुसँग छाडेका रहेछन् । यो सुनेर डर लाग्यो तर, त्यसबेलासम्म श्रीमानले साथीहरुसँग भेट गराएका थिएनन् ।

एक दिन ली ताओले मलाई बाहिर लिएर गए । त्यो फ्याक्ट्री जस्तो ठाउँ थियो र त्यहाँ पुरुष मात्र थिए । सबैले मलाई घुरेर हेरिरहेका थिए । यहाँ किन आएको भनेर सोध्दा उनले केही भनेनन् । मैले गाडीको चाबी खोसेँ र आफैंलाई गाडीभित्र बन्द गरेँ ।

तामासा त भयो र समय पनि बर्बाद भयो । उनलाई मलाई घर लिएर आए । खुब पिटे । मेरो पासपोर्ट, परिचयपत्र, बिहेको प्रमाणपत्र सबै खोसेर आफूसँग राखे । मैले त्यो रात आफैं नसा काट्ने प्रयास पनि गरेँ ।

यो घटनाको दोस्रो दिन मेरो श्रीमान कर्न र मशरुम सुप लिएर आए । त्यो पिएपछि म एकै पटक मध्यरातमा ब्यूझिएँ । मेरो टाउको निकै दुखेको थियो । शायद निन्द्रा लगाउने औषधि दिइएको थियो ।

एक दिन हिम्मत गरेर मैले पुलिसलाई फोन गरेँ । फोनमा पुलिसले अब चीन तपाईँको पनि घर हो, कुनै दुःख भए सहयोग गर्ने बचन दियो । मैले मैले श्रीमानले मेरो फोन र कागजपत्र खोसेको छ, फिर्ता दिलाइदिनुस् भनेँ । यदि मलाई सहयोग नगर्ने हो भने उजुरी गर्ने वा ज्यान दिने बताएँ । पुलिसले डकुमेन्ट फिर्ता गर्न लगायो ।

लगतै मैले परिवारलाई जानकारी दिएँ र पाकिस्तानी दूताबासमा सम्पर्क गरे । मेरो बुबाले पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीलाई पत्र लेख्नुभयो । सबै प्रक्रिया पुरा गर्दा ५ महिना लाग्यो र म घर फर्किएँ ।

(बीबीसी हिन्दीको सहयोगमा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment