Comments Add Comment

‘वीर विक्रम २’मा काम गरेपछि वर्षाले गरिन् मिलनको प्रशंसा

चलचित्र ‘वीर विक्रम २’ले बक्स अफिसमा अपेक्षित कमाई गरेन । मल्टिप्लेक्समा कमजोर देखिएको चलचित्रको व्यापार सिंगलमा सुरुवाती दिनमा सुखद देखिएको थियो । चलचित्र ‘वीर विक्रम २’ रिलिज भएको एक सातापनि नायिका वर्षा सिवाकोटीले निर्देशक मिलन चाम्सको प्रशंसा गर्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । बजारमा दुइको प्रेम चर्चा चलेपनि दुबैले यो कुरालाई अस्विकार गरिसकेका छन् ।

वर्षाले लेखेकी छिन्–‘सानो मान्छे ठूलो कुरा भने जस्तै होला । तर, तयो एउटा मुस्कानबाट मेरो चलचित्र यात्रा सुरु भएको थियो । त्यसपछिका केही चलचित्रले म व्यक्रिलाई हसायो होला तर मेरो करिअरलाई हसाँउन सकेको थिएन । केही निर्देशकहरुसँग काम गरे । कामका लागि काम गरे जस्तो मात्रै भयो ।’

वर्षाले मिलन चाम्ससँगको भेटर्लाइ करिअरको टर्निङ पोइन्ट बनेको अनुभव गरेको लेखेकी छिन् । उनले केही पाएँ भन्ने महशुश आफूले गरेको समेत उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘म बन्ने बाटो खुलेको अनुभुती गरेकी छु । उहाँसँग सहकार्य गर्नु अगाडि धेरै कुरा सुनेकी थिएँ, राम्रा–नराम्रा । तर, वीर विक्रम २ सुरु भएसँगै उहाँलाई वुझ्ने मौका पाएँ । आजसम्म सुनिएका सबै नराम्रा कुरा निरर्थक लागे ।’

वर्षाले मिलन चाम्स सिर्जनसिलता, लगनशिलता, व्यवसायिकता र मानवियताको फ्याक्ट्री भएको भन्दै प्रशंसा गरेकी छिन् । उनले, मिलनसँग फेरि फेरि पनि काम गर्ने अपेक्षा व्यक्त गरेकी छिन् । उनले मिलन चाम्समा जस्तो सिर्जनशिलता अरु कोही निर्देशकमा नभएको समेत लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment