Comments Add Comment

भाद्रमा सन्नीको ‘पासवर्ड’

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्रलाई भदौको २७ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी छ ।

चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, बिष्णु देवाको कोरियोग्राफी छ । सौरभ लामाको छायांकन रहेको चलचित्रमा सिमा गुरुङको कथा, महेश दवाडी र सम्राट बस्नेतको पटकथा, सम्राट बस्नेतको एकसन छ ।

चलचित्रमा विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, अनुपविक्रम शाही, प्रविण खतिवडा, परि राना, विक्रान्त बस्नेत, लिसा सुनार, छुल्ठिम गुरुङको अभिनय छ । यो चलचित्रमा बलिउड नायिका सन्नी लियोनीले एक गीतमा आइटम गरेकी छिन् । तर, यसको निर्माणपक्षले भने सन्नीलाई मुख्य कलाकारको रुपमा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment