+
+
Shares

नेकपा सांसदले भने : चार पटक लडिसके, ज्यान जोगाई पाउँ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते १२:५४

१९ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ‘ज्यान जोगाइदिन’ सभामुखको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकको सुृरुमा उनले आफ्नो भाँचिएको कुर्ची देखाउँदै चार पटक लडिसकेको सभामुख कृष्णबहादुर महरालाई जानकारी गराए ।

सभामुख महोदय चार पटक भइसक्यो म यहाँबाट लडेको’ उनले भाँचिएको कुर्चीको टुक्रा देखाउँदै भने ‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ । तर कति पटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् यो त धराप भयो ।’

सांसद अधिकारीले यो विषय गम्भीर आपत्तिको विषय भन्दै भने ‘ज्यान जोगाई पाउँ भन्न पर्ने अवस्था आयो ।’ सभामुख कृष्णबहादुर महराले उक्त विषयमा गम्भीर रुपले ध्यानाकर्षण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?