
नायक भूवन केसीले नायिका रीमा विश्वकर्मालाई आफ्नो मनपर्ने नायिका भनेका छन् । नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले पहिलो पटक चलचित्रको पर्दामा रोमान्स गर्दैछन् । चलचित्र ‘मिस्टर नेपाली’को पत्रकार सम्मेलनमा उपस्थित भूवनले नायिका रीमालाई फुर्काउँदै उनको कामबाट आफू प्रभावित भएको बताए ।
उनले भने–‘रीमा मेरो बेष्ट नायिका हुन् । उनको कामबाट म प्रभावित छु ।’ भूवनले यसो भन्दै गर्दा रीमा मुस्कुराइन् । रीमाले नायक भूवन केसीसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले भूवन केसीसँग काम गर्ने आफ्नो सपना भएको समेत सुनाइन् ।
छोरा अनमोल केसीले रोमान्स गर्ने बेलामा तपाई आफै चलचित्रमा रीमासँग रोमान्स गर्न लाग्नुभयो त भन्ने प्रश्नमा उनले भने–‘रीमाले नयाँ चलचित्रमा अनमोलसँग रोमान्स गर्न पनि सक्छिन् ।’नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको मुख्य भूमिका रहेको चलचित्र ‘मिस्टर नेपाली’को छायांकन नवलपरासीबाट सुरु हुँदैछ ।
प्रतिक्रिया 4