Comments Add Comment

डीएभी कलेजमा ‘वृहत बिज्ञान प्रर्दशनी’

२१ जेठ, काठमाडौं । डीएभी कलेज विज्ञान सङ्काय दश जोड दुई अध्ययनरत विद्यार्थीहरूले ‘वृहत बिज्ञान प्रर्दशनी’ गर्ने भएका छन् ।

दश जोड दुई विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूको प्रतिभा, क्षमता र दक्षता उजागर गर्नु र कक्षा १० को बोर्ड परिक्षा दिएर बसिरहेका विद्यार्थीहरूलाई बिज्ञान तथा प्रबिधि बिषयप्रति रुचि बढाउनु तथा ज्ञानको दायरालाई थप विस्तार गर्नु प्रर्दशनीको मुख्य उद्देश्य रहेको छ ।

प्रर्दशनीमा करिब १०००० विद्यार्थी, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहने अनुमान गरिएको छ । कलेजले सम्बन्धित सबै पक्षलाई सुचना गर्दै उक्त प्रर्दशनीबाट केहि जानकारी र ज्ञानवर्द्धक विषयबारे खोजी गर्न अपिल समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment