+
+
Shares

इलेक्ट्रिक स्कुटरको दर्ता अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते १८:५८

२३ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय स्कुटरलाई पनि दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने भएको छ । दुर्घटना न्युुनिकरण तथा सवारीको अभिलेखका लागि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

सडकमा गुडेका तर कुनै अभिलेख नभएका यस्ता सवारीलाई १५ दिनभित्र विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्ने निर्णय कार्यन्वयन गर्न परिपत्र भएको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए । हाल सञ्चालनमा रहेका त्यस्ता सवारीले असार ५ गतेसम्म यातायात व्यवस्था विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्नेछ ।

हेल्मेट तथा नम्बर बिनै चलेका यस्ता सवारी साधन दुर्घटना पर्दा अप्ठ्यारो परेका कारण यस्तो व्यवस्था गरिएको एसएसपी पन्तले बताए । नयाँ नियमअनुसार विदेशबाट खरिद गरी ल्याएको तथा ग्राहकले किनेको १५ दिनभित्रै यस्ता सवारीसाधन यातायात व्यवस्था विभागमा अनिवार्य दर्ता गराउनु पर्नेछ ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तका अनुसार सुरुआति १५ दिन जनचेतनामुलक कार्यक्रम चलाउने र तोकिएको समयमा दर्ता प्रक्रियामा नआए यस्ता सवारीलाई कारबाही थालिने छ ।

दर्ता नभएका विद्युतीय स्कुटरलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरीवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ । नेपालमा हाल कति विद्युतीय स्कुटर सञ्चालनमा छन् भन्ने कुनै अभिलेख छैन ।

साथै विभागले सवारी भित्र्याएको १५ दिन भित्र दर्ता गरिसक्न र त्यस अवधिपछि अनटेस्ट सवारीलाई सडकमा नचलाउन भनेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?