+
+
Shares

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

आज (मंगलबार) आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ लिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १६:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य सुनीति श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
  • प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई मुलुकको अवस्था अध्ययन गरी योजनाको तयारी गर्न निर्देशन दिएकी छन्।
  • मन्त्रिपरिषद्को सोमबारको बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्य नियुक्ति गर्ने निर्णय गरेको थियो।

पुस १, काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज (मंगलबार) आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ लिएका हुन्।

त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ लिइन्।

कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो।

शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।

उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजीको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिइन्।

‘हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ। मुलुकको अहिलेको परिस्थितिबारे जानकार नै हुनुहुन्छ। यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ। अहिलेको परिस्थितिको राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ। मलाई आशा छ, तपाईँहरू यस कार्यमा सफल हुनुहुनेछ।’

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?