+

मेस्सी बने सर्वाधिक कमाउने खेलाडी

२०७६ जेठ  २९ गते ९:३२ २०७६ जेठ २९ गते ९:३२
मेस्सी बने सर्वाधिक कमाउने खेलाडी

काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका फवार्ड लिओनल मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

अमेरिकी पत्रिका फोर्ब्सले पछिल्लो १२ महिनाको कमाइका आधारमा सर्वाधिक कमाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । १२७ मिलियन डलर कमाइसहित मेस्सी पहिलो नम्बरमा छन् ।

दोस्रो नम्बरमा रहेका युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको कमाइ १०९ मिलियन डलर छ भने तेस्रो स्थानमा रहेका पीएसजी तथा ब्राजिलका नेयमारको १०५ मिलियन डलर कमाइ छ ।

गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बक्सर फ्लोइड मेवेदरले योपटक सूचीमा नै परेनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय