Comments Add Comment

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

८ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे ।

समूह चरणको तीन खेलमा ब्राजिलले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएर समूह विजेता हुँदै अन्तिम ८ मा पुगेको हो ।

१२ औं मिनेटमा कासीमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा ब्राजिलले दोब्बर अग्रता बनाउन सफल भयो । योपटक भने फिर्मिन्होले गोल गरे । ३२ औं मिनेटमा डानीले गोल गर्दै ब्राजिललाई पहिलो हाफसम्म ३–० गोलले अघि भएको थियो ।

पहिलो हाफमै फराकिलो गोलअन्तर बनाएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ब्राजिलका लागि ५३ औं मिनेटमा अल्भेसले र ९० औं मिनेटमा विलियनले गोल गर्दै ५–० गोलको जित दिलाए ।

त्यस्तै, यसै समूहबाट भेनेजुएलाले बोलिभियालाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । भेनेजुएलाले बोलिभियालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment