Comments Add Comment

थ्रिलर र ग्ल्यामर कथामा ‘चपली हाइट ३’ बन्ने

चलचित्र ‘फाटेको जुत्ता २’ निर्माण गर्ने घोषणा गरेका निर्माता अर्जुन कुमारले यो प्रोजेक्टलाई थाती राख्दै नयाँ चलचित्र निर्माण गर्ने तयारी थालेका छन् । ‘फाटेको जुत्ता’कै निर्देशक निकेश खड्कालाई लिएर उनले चलचित्र ‘चपली हाइट ३’ बनाउन लागेका छन् । साउनदेखि छायांकन सुरु हुने चलचित्रलाई पौषमा रिलिज गर्ने उनको टार्गेट छ ।

यो चलचित्रलाई थ्रिलर र ग्ल्यामर कथामा निर्माण गर्ने अर्जुनले जानकारी दिए । उनले भने–‘हामीले चपली हाइटलाई जुन नौलो कथामा निर्माण गरेका थियौ । चपली हाइट ३ पनि यस्तै नौलो कथामा निर्माण हुनेछ ।’

चलचित्रका लागि नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठसँग कुरा भैरहेको छ । तर, सौगातले साउनमा समय दिन भ्याउने वा नभ्याउने दुविधाका कारण संझौता भैसकेको छैन । चलचित्रमा अन्य २ नयाँ नायिका लिने तयारी पनि गरिएको अर्जुनले जानकारी दिए ।

चलचित्र ‘चपली हाइट ३’मा प्रतिक श्रेष्ठ, आमिर गौतम पनि मुख्य भूमिकामा हुनेछन् । नायिका प्रियंका कार्कीलाई पनि सानो भूमिकामा देख्न सकिनेछ । ‘चपली हाइट र चपली हाइट २’ व्यापारिक रुपमा सफल चलचित्र हुन् । अर्जुनले यसपटक यो चलचित्रबाट नयाँ विनिता बराल जन्मिने दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment