+

एकदिवसीय वरियतामा नेपाल एक स्थान झर्‍यो, भारत शीर्ष स्थानमा

२०७६ असार  १२ गते १७:२९ २०७६ असार १२ गते १७:२९
एकदिवसीय वरियतामा नेपाल एक स्थान झर्‍यो, भारत शीर्ष स्थानमा

१२ असार, काठमाडौं । नेपाल एकदिवीय क्रिकेट वरियतामा एक स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो ।

एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने भारत उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा र न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया चौथो, दक्षिण अफ्रिका पाँचौं, पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा छ । आठौंमा श्रीलंका, नवौंमा वेष्ट इन्डिज र १० औं स्थानमा अफगानिस्तान रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय