Comments Add Comment

‘सानो मन’को गीत गाउनेलाई यस्तो अवसर

असार २७ गतेबाट चलचित्र ‘सानो मन’ रिलिज हुँदैछ । यो चलचित्रले यूवा र यूवतीको प्रेम सम्बन्धलाई उठान गरेको छ । चलचित्रको शिर्ष भूमिकामा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के मुख्य भूमिकामा छन् । चलचित्रको निर्माण यूनिट अहिले प्रचारमा कुँदिरहेको छ । ‘जात्रै जात्रा’ पछि खडेरी लागेको चलचित्रको व्यापारलाई ‘सानो मन’ले केही हदसम्म भएपनि पूर्ती गर्ने अपेक्षा गरिएको छ ।

यसैविच, चलचित्रको प्रचारप्रसारलाई तिव्रता दिने क्रममा यसको निर्माणपक्षले एउटा प्रतिस्पर्धाको घोषणा गरेको छ । यो चलचित्रको शिर्ष गीतको भिडियो गाएर पठाउने एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउने बताइएको छ । साथमा, यो गीतको भिडियोलाई चलचित्रको टिमले निर्माण गर्नेछ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो प्रतियोगीताको आयोजना गरिएको हो । शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर, स्वप्निल शर्माको शब्द, सूयोग सोताङ्गको संगीत छ ।

ओ.पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सूयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा योगशे गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment