+

पोखरा क्रिकेट मैदानमा पेभेलियन बनाइने

२०७६ असार  १९ गते १९:०३ २०७६ असार १९ गते १९:०३
पोखरा क्रिकेट मैदानमा पेभेलियन बनाइने

१९ असार, पोखरा । प्रदेश सरकारले पोखरा क्रिकेट मैदानमा तत्काल पेभेलियन बनाउने भएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बजगाईं र पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्का प्रतिनिधि तथा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का लगायतले मैदानको अवलोकवन गरेका थिए ।

त्यसक्रममा मुख्यमन्त्री गुरुङले मैदानको मर्मतसम्भाव र पेभेलियन निर्माणलाई पहिलो प्राथमिकता दिइने बताए ।

प्रदेशसभा सदस्य दीपक कोइराला भन्छन्, ‘पोखरा प्रिमियर लिग अगाडि तयार हुने गरी काम थाल्न आग्रह गरेका छौं । यसमा मुख्यमन्त्री निकै सकारात्मक हुनुहुन्छ ।’

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा क्रिकेट रंगशालाका लागि २ करोड बजेट छुट्याएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय