+
+
Shares

लोत्से मलको पसल किन्दा गाडी उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते २१:५८

२० असार, काठमाडौं । दैनिक करिब ४० हजार मानिसहरुको आवतजावत हुने काठमाडौंको मुटु गोगंबु बसपार्कभित्र अत्याधुनिक सुविधा सम्पन्न लोत्से मलको निर्माण गरिएको छ ।

एउटै छाना मुनि २ सिनेमा हल, २ ब्याङ्वेट हल, रेष्टुरेन्ट/फुड कोर्ट, प्रशस्त पार्किङ सुविधाका साथै विभिन्न मनोरञ्जनका सुविधाहरु भएको यस आधुनिक मल दशैं अगाडि सञ्चालनमा आउने भएको छ ।

अधिकांश पसलहरु बिक्री भैसकेको मलमा सीमित ८० वटा पसलमात्र बिक्री हुन बाँकी छन् । पसल किन्दा २७ वर्षको लिज अवधि रहने र ५० प्रतिशतको बैंक फाईनान्सिङको सुविधा रहने छ ।

लोत्से मलमा पसल खरिद गर्दा एउटा आकर्षक अफरको पनि लाभ लिन सकिने छ । बाँकी रहेका ८० वटा पसल खरिद गर्नेहरु मध्यबाट तीन जना भाग्यशाली विजेताहरुलाई बम्पर उपहार स्वरूप सुजुकीको भिटरा ब्रेजा स्विफ्ट, र वेगन आर कार जित्ने अवसर मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?