Comments Add Comment

छवि भन्छन्–‘शिल्पासँगको बिबाद कुरा लगाउनेका कारण भयो’

मेरो तर्फबाट शिल्पालाई डिभोर्स दिन्नँः छवि

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविचको घरयासी विवाद प्रहरी प्रभागसम्म पुग्यो । बिहिबार भएको छलफलमा उनीहरुले मिलापत्र त गरेका छन्, तर शिल्पा अब छविको साथमा फर्किन्छिन् या के गर्छिन् टुंगो छैन । शिल्पाको पक्षको कुरा सुन्दा कानुनी प्रक्रियामा जाने देखिएको छ । तर, निर्माता छविराज ओझा भने आफ्नोतर्फबाट शिल्पालाई डिभोर्स नदिने बताउँछन् । छविले मिडियाकर्मीसँग भने–‘यो मिडियामा नआउनुपर्ने कुरा थियो आयो । श्रीमान् श्रीमतीको झगडा जसको पनि पर्छ ।’

छविले घर फर्किने कि नफर्किने भन्ने कुरा शिल्पाको हातमा रहेको बताए । उनले भने–‘मेरो तर्फबाट डिभोर्स दिन्नँ । घर फर्किनुहोस् भनेर मैले उहाँलाई भनेको छु ।’ छविले शिल्पासँग वि.सं २०७३ सालमा बिहे गरेको बताए । आफूले शिल्पालाई अब त बिहे भएको पनि सबैलाई थाहा भयो, आउनुहोस् मिलेर बसौला भनेर आग्रह गरेको सुनाए ।

शिल्पाले असार ८ गते घर छाडेकी थिइन् । यसपछि, छविले शिल्पालाई एकपटक पनि फोन गरेका छैनन् । यो बिषयमा छवि भन्छन्–‘उहाँको दाई विकास रौनियार आएर उहाँलाई लिएर जानुभएको हो । दिदी–भिनाजुकोमा गएको मान्छेलाई मैले किन फोन गर्ने ? बरु, उहाँहरुले मलाई शिल्पा झगडा गरेर आएकी छन्, किन हो भनेर फोन गर्नुपर्ने होइन ?’

छविले शिल्पा प्रहरी प्रभागबाट रुँदै निस्किएको बिषयमा भने–‘रुन त हामीलाई पनि आउँछ । रोटी एकहोरो पाक्दैन, दोहोरो नै पाक्नपर्छ । मैले उहाँलाई तपाई एक हुने बिषयमा सोच्नुहोस्, कसैले उचालेको भरमा उचालिएर नबस्नुहोस् भनेको छु ।’

छवि र शिल्पाविच २५ बर्षको अन्तर छ । तर, छवि आफूहरुमा असहमती आउनुमा उमेरको गल्ती मान्दैनन् । उनले भने–‘यो उमेर अन्तरले भएको कुरा नै होइन । यो कुरा लगाउनेहरुले उचालेर सिर्जना भएको परिस्थिती हो । श्रीमान् श्रीमतीको झगडा जहाँ पनि हुन्छ र मिलेर अघि बढ्छन् ।’ छविले घुमाउरो शैलीमा शिल्पाले अरुको कुरा सुनेकाले यो परिस्थिती आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment