Comments Add Comment

जोन अब्राहमको यस्तो कुरा ? 

बलिउड अभिनेता जोन अब्राहमको नयाँ फिल्म ‘बाटला हाउस’ को टे्रलर भरखरै सार्वजनिक भयो । उक्त फिलम यही वर्षको १५ अगष्ट (भारतको स्तन्त्रता दिवस) का दिन प्रदर्शन हुँदैछ । त्यही मितिमा अक्षय कुमारको मिशन मंगलका अतिरिक्त प्रभासको ‘साहो’ पनि प्रदर्शन हुँदैछ ।

अहिले आएर के कुरा सार्वजनिक भएको छ भने यो वर्षको स्वतन्त्रता दिवसमात्र होइन,  जोन अब्राहमले सन् २०२० को स्वतन्त्रता दिवसका लागि समेत अहिलेदेखि तयारी थालेका छन् । अर्को वर्षको १५ अगष्टमा उनको फिल्म ‘सत्यमेव जयते-२’ प्रदर्शन हुने निश्चित भैसकेको छ ।

यसअघि सत्यमेव जयतेले बक्स अफिसमा आकर्षक व्यवसाय गर्न सफल भएको थियो । त्यतिबेलै अभिनेता अब्राहम तथा निर्देशक मिलाप जावेरीले राम्रो स्क्रिप्ट हात पर्ने बित्तिकै उक्त फिल्मको दोस्रो भाग बनाउने बताएका थिए ।

अहिले आएर निर्देश्ँक मिलापले नयाँ फिल्मको कथावस्तु तयार पारिसकेका छन् । दुबै जना सिक्वेलमा काम गर्न इच्छुक छन् । जोनका अतिरुत्तिm उक्त कथामा केही नयाँ  पात्रहरु समेत जोडिने सम्भावना छ । यदि सबै कुरा योजना अनुसार अघि बढ्यो भने चाँडैै नै उक्त फिल्म छायांकनका लागि फ्लोरमा जाने छ । दुबैको योजना यो फिल्मलाई अर्को वर्षको अगष्ट १५ का दिन प्रदर्शन गर्नेछ ।

यदि सत्यमेव जयते-२ अर्को वर्षको १५ अगष्टमा प्रदर्शन भयो भने यो फिल्मले अजय देवगणको ‘भुजः द प्राइड अफ इन्डिया’ सँग जुध्नु पर्नेछ । अजयको उक्त फिल्मको घोषणा पनि हालै मात्र भएको हो । उक्त फिल्ममा अजय देवगणका अतिरिक्त सञ्जय दत्त, सोनाक्षी सिन्हा तथा परिणीति चोपडा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।

हिजो शनिवार नै जोन अब्राहको नयाँ फिल्म ‘अट्याक’ को समेत घोषणा गरिएको छ । उक्त एक्सन-थि्रलर फिल्मलाई नयाँ निर्देशक लक्ष्यराज आनन्दले निर्देशन गर्दैछन् । आगामी डिसेम्बर महिनामा उक्त फिल्मको छायांकन प्रारम्भ हुने बताइन्छ । उक्त फिल्ममा जोनको लगानी समेत रहने बताइन्छ ।

रमाइलो कुरा के छ भने एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ पनि अर्को वर्षको १५ अगष्टमा प्रदर्शन हुने सम्भावना छ ।

त्यसो त तीन वटा फिल्ममध्ये ‘भुज’ को मात्र अहिलेसम्म आधिकारिक घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment