Comments Add Comment

शिल्पाको ‘व्याडलक’: ‘फ्लप फिल्मको ह्याट्रिक’

चलचित्र ‘दि ब्रेकअप’ रिलिजको समयमा नायिका शिल्पा मास्केको खुबै चर्चा थियो । हलिउड चलचित्रमा समेत काम गरिसकेकी शिल्पाले पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाइन् । तर, व्यापारिक रुपमा भने चलचित्र असफल रह्यो ।

हेमराज वीसीको निर्देशनमा बनेको यो चलचित्रमा शिल्पाले आशिरमान देशराज जोशीसँग जोडी बाधेकी थिइन् । रिलिज पूर्व निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यो चलचित्रले हलमा भने दर्शक पाएन ।

पहिलो चलचित्रबाट असफलताको ट्याग पाएकी शिल्पाले दोस्रो चलचित्रबाट पनि उक्त ट्यागलाई आफूबाट अलग गर्न सकिनन् । उनी अभिनित दोस्रो चलचित्र ‘काजगपत्र’ पनि बक्सअफिसमा नमज्जाले चिप्लियो ।

यसै साता शिल्पाको तेस्रो चलचित्र ‘सानो मन’ रिलिज भयो । यो चलचित्रबाट शिल्पा निकै आशावादी थिइन् । यो चलचित्रले आफ्नो असफलताको ट्यागलाई हटाउने उनको विश्वास थियो । तर, यो चलचित्रले पनि शिल्पालाई सफलता दिएन ।

लगतार तीन चलचित्रको असफल भएपछि शिल्पाले असफलतामा ह्याट्रिक गरेकी छिन् । काम र सुन्दरताको प्रशंसा नै भएपनि शिल्पाले सफल चलचित्र भने दिन सकेकी छैनन् । शिल्पाले चलचित्र क्षेत्रलाई गम्भिर रुपमा लिएको बताउँछिन् । तर, कलाकारका लागि हिट चलचित्र आवश्यक पर्दछ । शिल्पाको असफल चलचित्रको श्रृङ्खला रोकिएन भने उनका लागि चलचित्र क्षेत्रमा करिअर अगाडि बढाउन गाह्रो पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment