Comments Add Comment

प्रधानन्यायाधीश जबरा र रुसी सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

७ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल भ्रमणमा रहेका रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष वैचेसलाभ एम लेवेदेवबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका क्रममा रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष लेवेदेवले दुई देशको न्यायपालिकाको नेतृत्व तहमा भएका भेटघाट र अनुभवको आदानप्रदानबाट एक अर्काका कुरा सिकेर अबलम्बन गर्न सकिने बताए ।

उनले नेपालमा सर्वोच्च अदालतले न्यायपालिकाको रणनीतिक योजना भर्खरै सार्वजनिक गरेकोमा खुशी व्यक्त गर्दै न्यायपालिकाको प्रणालीगत सुधारको शुभकामना दिए । लेवेदेवले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेकोले यसले नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रणनीतिक योजना ल्याएको बताए । उनले रणनीतिक योजनामा समग्र न्यायिक सुधार र न्यायिक सुशासनको बिषय रहेकाले यसको कार्यान्वयन प्राथमिकतामा रहेको पनि जानकारी गराए । प्रधानन्यायाधीश राणाले दुई देशबीच भएको कुटनीतिक सम्बन्ध तथा विगतमा भएका भ्रमण र अनुभव आदानप्रदानले न्यायिक सुधारका लागि सहयोग मिलेको स्मरण गरे ।

प्रधानन्यायाधीश जबराको निमन्त्रणामा रुसी महासंघको सर्वोच्च अदालतका सम्माननीय अध्यक्ष लेवेदेव तीन सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै सोमबार काठमाडौं आएका हुन् । उनी साउन ९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment