Comments Add Comment

अस्वत्थामा : कौरबको प्रशंसा गर्ने किताब

लेखक कुमार भट्टराईले महाभारतकालीन मिथक र बेदव्यासकै महाभारतका कथाहरुलाई व्याख्या गरेर अस्वत्थामा पुस्तक निकालेका छन् । कौरवहरु, विशेष गरी दुर्योधनका बारेमा आम जनमानसमा छाप पारिएजस्तो गलत थिएनन् भन्ने कोणबाट उनको कृति आएको छ ।

कौरव पक्षबाट महाभारत युद्धमा अन्तिम सेनापति भएर युद्ध लडेका दोणाचार्य पुत्र अश्वत्थामाको दृष्टिकोणबाट महाभारत कथाको पुर्नलेखन त नभनौ पुर्नव्याख्या गर्ने जमर्को उनले गरेका छन् ।

दशैंमा टीका लगाउँदा दिइने आशिषमा ‘मानश्च दुर्योधने’ भनेर दुर्योधनको जस्तो मान होस् भन्ने गरिन्छ । आखिर किन यसो भनिन्छ ? महाभारतको कथामा त दुर्योधन र उनका एकसय भाई कौरवहरुलाई नराम्रो रुपमा चित्रण गरिएको छ । यतिसम्मकी ‘मानश्च दुर्योधने’ भनेर दशैंमा आफन्त मान्यजनलाई आशिष दिने समुदाय समेत आफ्ना सन्तानको नाम दुर्योधन राख्नसमेत हिच्किचाउँछन् ।

दशैंको आशिर्वादमा प्रशंसा गरिए पनि दुर्योधनलाई हामी समाजमा किन खलपात्रका रुपमा बुझ्छांै ? दुर्योधन हामीले बुझेजस्तो गलत छैनन् भन्ने कुराको पुष्टि गर्न लेखकले खोजेका छन् । पुस्तकमा महाभारत कथालाई नयाँ कोणबाट विश्लेषण गरिएको छ ।

हामीकहाँ महाभारतको अध्ययन गर्नुअघि नै पाण्डव नायक र कौरव खलनायक भन्ने मानसिकता तयार पारिएको हुन्छ । तर, लेखक भट्टराईले महाभारतमा भएका प्रशंग र घटनाक्रमको विश्लेषणबाट दुर्योधन र कौरवहरुलाई नायक बनाउने प्रयास गरेका छन् । उनले हाम्रा गाउँ समाजमा साधु सन्तको भेषमा मन्दिर, देवालय घुम्ने बाबाहरु मध्येकै एकजनालाई अश्वत्थामाको रुपमा उभ्याएर उनको मुखबाट दुर्योधन र कौरवहरु गलत थिएनन् भन्ने व्याख्या गराएका छन् । लेखकले कौरवहरुको तर्फबाट कथा लेख्ने क्रममा उपन्यासमा अश्वत्थामाले महाभारत युद्धको कथा सुनाएको भनेर पात्र खडा गरेका छन् ।

-वाईपी विनय, सिन्धुलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment