+

आर्सनल आउने भए निकोलस पेपे

२०७६ साउन  ११ गते २०:१५ २०७६ साउन ११ गते २०:१५
आर्सनल आउने भए निकोलस पेपे

काठमाडौं । आइभरीकोष्टका विंगर निकोलस पेपेलाई भित्र्याउन आर्सनलले फ्रेन्ज क्लब लिलसँग सहमतिमा पुगेको छ ।

आर्सनलले २४ वर्षका पेपेलाई ८० मिलियन युरोमा भित्र्याउन लागेको हो । अब आर्सनल र पेपेका प्रतिनिधिबीच सहमति हुन बाँकी छ । अबको दुई दिनभित्र अनुबन्ध प्रक्रिया पुरा हुने अपेक्षा छ ।

इटालियन क्लब नापोलीले पनि पेपेलाई अनुबन्ध गर्न चाहेको थियो तर उसको प्रस्ताव अस्वीकृत भएको छ । पेपे राइट बिङबाट खेल्छन् तर ४-४-२ फर्मेसनमा स्ट्राइकरको भूमिकामा पनि रहन सक्छन् ।

उनले गत सिजन लिलका लागि २३ गोल गरेका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय