Comments Add Comment

शिशुलाई बजारको प्याकेटबन्द खानेकुरा कति हानिकारक ?

साना शिशुको स्यहारसुसारमा जति धेरै सर्तक हुनुपर्छ, उत्तिनै उनीहरुको खानपानमा पनि । शिशुको खानपानमा निकै संवेदनशिल हुनुपर्छ । उनीहरुको शरीरको समग्र विकास भइसकेको हुँदैन । त्यसैले जस्तोसुकै खानेकुरा पचाउन सक्दैन । उनीहरुलाई सहजै पचाउन सक्ने र पोषिलो खानेकुरा आवश्यक हुन्छ ।

त्यसो त शिशुको सर्वोत्तम भोजन आमाको दुध नै हो । यद्यपी कतिपय आमाको दुध नआउने समस्या हुन्छ भने कतिपय शिशुलाई आमाको दुध मात्र पर्याप्त हुँदैन । अझ उनीहरु जति जति हुर्कदै जान्छन्, दुध वा तरल पदार्थले मात्र पुग्न छाड्छ । विस्तारै उनीहरुलाई नरम खानेकुरा ख्वाउनुपर्छ ।

शिशुलाई कस्तो ख्वाउने ? कसरी ख्वाउने ? सुरुवाती अवस्थामा दम्पतीलाई पनि यसको ज्ञान हुँदैन । अझ पहिलो बच्चा भएको अवस्थामा धेरै कुरामा दम्पतीहरु अनभिज्ञ नै हुन्छन् । त्यसैले शिशुका लागि आवश्यक आहार बजारमा उपलब्ध हुनेगर्छ । त्यही आहार नै दम्पतीले आफ्नो शिशुलाई ख्वाउने गर्छन् ।

यसरी बजारमा उपलब्ध हुने आहार सुरक्षित र भरपर्दो भएको लाग्छ हामीलाई । किनभने निश्चित मापदण्ड पुरा गरेर मात्र कुनैपनि खाद्यपदार्थ बजारमा ल्याउन पाइन्छ । अझ बालबालिकाको खानेकुरा त अरु संवेदनशिल भइहाल्यो ।

यद्यपी बजारमा पाइने शिशुको आहारमाथि पनि आँखा चिम्लेर विश्वास गर्न नसकिने रहेछ । विश्व स्वास्थ्य संगठनद्वारा हालै गरिएको परीक्षणबाट शिशुको आहारमा अत्याधिक मात्रामा चिनीको प्रयोग भएको पाइएको छ । यसरी चिनीको मात्रा अनियन्त्रित हिसाबले प्रयोग गरिएको पाइएको छ ।

के भन्छ अध्ययन ?

विश्व स्वास्थ्य संगठनले बेबी फूड उत्पादनमा पोषक तत्वको मात्रा र त्यसको मार्केटिङ रणनीतिलाई लिएर दुई भिन्न अध्ययन गरेको थियो । विश्व स्वास्थ्य संगठनले नवजात शिशु र बच्चाका लागि उपलब्ध ८ हजार किसिमको आहार र पेय पदार्थको सूची सन् २०१७ नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म एकत्रित गरेको थियो ।

यस अध्ययनमा पाइयो कि आधा भन्दा बढी उत्पादनमा तीस प्रतिशत चिनीबाट बनेको क्यालोरी रहेको थियो । जबकी यसको लेबलमा बताइएको चिनीको मात्रा अलग थियो । यसमा प|mुट जुस एवं अन्य स्वीटनिंग एजेन्ट्स पनि मिलाएको पाइयो ।

विश्व स्वास्थ्य संगठनको सुझाव

६ महिनाभन्दा कम उमेरको बच्चाका लागि उपलब्ध तयारी आहार ६० प्रतिशत सुरक्षित पाइयो । जबकी विश्व स्वास्थ्य संगठनको अनुसार ६ महिनासम्मको शिशुलाई केवल आमाको दुध मात्र पिउन दिनुपर्छ । आमाको दुध नै उनको लागि सम्पूर्ण आहार हो ।

चिनीको हानी

बेबी फूडमा चिनी र कृतिम गुलियो प्रयोग गरिएको पाइएको छ । यसले बच्चामा गुलियोको लत लाग्नेछ । साथसाथै उनीहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्नेछ । गुलियो खानेकुराले बच्चाको मोटोपन बढ्नेदेखि दाँतमा समस्या आउने भय रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चाका लागि उपलब्ध प्याकेटबन्द खानेकुरामा अरु बढी चिनीको मात्रा पाइन्छ ।

शिशुका लागि कति आवश्यक छ पोषण ?

नवजात शिशुको उचित विकासका लागि सही पोषण मिल्नु अत्यान्तै जरुरी छ । यसरी उनीहरुलाई शिशुअवस्थामै राम्ररी पोषण पुगेमा पछि स्वस्थ्य जीवन पाउनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । खानपानसँग सम्बिन्धित स्वस्थ्य बानीले मोटोपन, बढी तौल र डाइट सम्बन्धि गैर संक्रमक रोगबाट बच्न सकिन्छ ।

अब के गर्ने त ?

आमाबुवाले बच्चालाई गुलियो वा मिठाईजन्य खानेकुरा मात्र ख्वाउनु भएन । त्यस्तो खानेकुरा भन्दा अलग अलग स्वादको खानेकुरा ख्वाउनुपर्छ । यसले बच्चामा पनि धेरै किसिमको स्वाद खाने बानी पर्छ । स्वास्थ्यलाई पनि फाइदा गर्छ । गुलियो खानेकुरा संभव भएसम्म प्राकृतिक हुनुपर्छ । जस्तो कि, फलफूल, फलफूलको जुस आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment