Comments Add Comment

अशोकले तोके रिलिज मिति, दीपकले कहिले तोक्लान् ?

निर्माता तथा निर्देशक अशोक शर्माले आफूले बनाएको चलचित्र ‘रातो टिका निधारमा’को रिलिज डेट तय गरेका छन् । दशैंमा रिलिज गर्ने बताएपनि प्रदर्शन दिन तोक्न नसकेका अशोकले अन्ततः असोज १० गतेलाई प्रदर्शन मिति तय गरेका हुन् ।

यो चलचित्र दशैंको छेको पारेर रिलिज हुने भएको छ । असोजको १२ गतेबाट दशैं पर्व सुरु हुनेछ । असोज ३ गते चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको पहिलो गीत सार्वजनिक भैसकेको छ ।

दशैंको रस्साकस्सीमा रहेका अशोकले प्रदर्शन मिति तय गर्दा अब यही मितिमा आउने तयारीमा रहेको दीपकराज गिरी र उनको टिमको चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन दिनको पनि चर्चा भएको छ । यो टिमले दशैंमा चलचित्र रिलिज गर्ने तयारी गरेपनि प्रदर्शन मिति तय गरेको छैन । असोज १० गते नै चलचित्र रिलिज गर्दा ‘रातो टिका निधारमा’सँग जुध्नुपर्ने हुन्छ ।

असोज १७ गते चलचित्र रिलिज गर्दा बलिउड चलचित्र ‘साहो’सँग हल शेयरिङ गर्नुपर्ने हुन्छ । यसैले, दीपकको टिमको आधिकारिक घोषणा दर्शकका लागि पनि प्रतिक्षाको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment