Comments Add Comment

भारतले बाँध विस्तार गरेपछि रौतहटका वासिन्दा त्रसित

५ भदौ, रौतहट । रौतहटको इशनाथ नगरपालिकाको औरैयास्थित नेपाल–भारत सीमानामा भारतले बाँध विस्तार गरेको छ ।

भारतीय बाँधका कारण यस वर्षको बाढीको पिडा भुल्न नपाउँदै भारतीय पक्षले मर्मतको बाहनामा बाँध विस्तार गरेपछि स्थानीय वासिन्दा त्रसित बनेको वडा नं २ का अध्यक्ष विगु व्यासले बताए ।

यसवर्षको बाढीले बाँध कमजोर बनाएको भन्दै भारतले मर्मत गर्ने बाहनामा बाँध विस्तार गरेको हो । औरैयामा रहेको जङ्गे पिलर ३४७ देखि बलुवा हुँदै बन्जरहासम्म गैर कानूनी रुपमा भारतीय पक्षले बाँध विस्तार गरेको उनले बताए ।

सीमा क्षेत्रमा भारतले १९ सय मिटर लम्बाई भएको बाँधमा सिमेन्टका बोरामा माटो ढुङ्गा भर्दै दुवैतिरको पिँधको चौडाइ बढाउने काम गरेको उनले बताए । बाँधको झण्डै २ किलोमिटरको दुरीमा पानी निकास हुने ढोका नरहेको उनले भनाइ छ ।

‘दुई देशको सीमानामा यसरी बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको छ । बोर्डर पिलरसँगै जोडिएर उनीहरुले निकै अग्लो बाँध बनाएका छन्’ वडा अध्यक्ष व्यासले भने ‘बाँधका कारण हामी वर्षेनी पीडित हुने गरेका छौ । विभिन्न बहानामा भारतीय सुरक्षाकर्मीले अहिले फेरी बाँधमा निर्माण कार्य गरेका छन् ।’

बन्जरहामा भारतले पूर्व पश्चिम सीमानाका क्षेत्रमा निर्माण गरेको सो बाँधले बन्जरहा क्षेत्र वर्षौँदेखि डुबानमा परेको उनले बताए । भारतले बनाएको बाँध नेपाली भूमिमै पर्ने दावी बन्जरहाका स्थानीयले गरेका छन् ।

सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना पाएपछि नेपाली पक्षले सो काम रोक्न लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment