+

ओल्ड ट्राफर्डमा क्रिस्टल प्यालेसको ऐतिहासिक जित

२०७६ भदौ  ७ गते २२:०६ २०७६ भदौ ७ गते २२:०६
ओल्ड ट्राफर्डमा क्रिस्टल प्यालेसको ऐतिहासिक जित

काठमाडौं । प्याट्रिक भान आनहल्डको इन्जुरी टाइमको गोलसँगै क्रिस्टल प्यालेसले ओल्ड ट्राफर्डमा ऐतिहासिक जित हात पारेको छ ।

सन् १९८९ पछि पहिलो पटक जित हात पार्ने क्रममा प्यालेसले म्यानचेष्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा २–१ ले हराएको हो ।

खेलमा अग्रता प्यालेसले नै लिएको थियो । ३२ औं मिनेटमा जोर्डन आयुले गोल गरेका थिए । पहिलो हाफमा बराबरी गोल फर्काउन नसकेको युनाइटेडले ६९ औं मिनेटमा पेनाल्टी पायो ।

तर मार्कोश रास्फोर्ड गोल गर्न चुके । उनको प्रहार देब्रोतर्फ पोष्टमा लागेको थियो । निर्धारित समयमा सकिने एक मिनेट बाँकी छँदा डानियल जेम्सले बराबरी गोल फर्काए ।

यो युनाइटेड हारबाट जोगिएको मानिएको थियो । तर इन्जुरी टाइममा आनहल्ड गोल गर्दै क्रिस्टल प्यालेसलाई ऐतिहासिक जित दिलाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय