
९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोमबार थुनछेक बहस सकिएको छ ।
पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो ।
जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस सकिएको अदालतका रजिष्टार रुद्रमणि गिरीले अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘दुवै पक्षबाट बहस सकिएको छ । आदेश आउन एक घन्टा जति लाग्ला ।’
गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4