Comments Add Comment

‘पोई पर्यो काले’को फस्टलुक रिलिज

कात्तिक ८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘पोई पर्यो काले’को फस्टलुक रिलिज भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा मुख्य ५ कलाकारलाई स्थान दिइएको छ । चलचित्रको फस्टलुकमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ ।

फस्टलुकले चलचित्र विशुद्ध पारिवारिक कथामा बनेको संकेत दिन्छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । अमलादेवी राई कार्यकारी निर्माता रहेको चलचित्रलाई कमेडी जनरामा तयार पारिएको छ ।

चलचित्रमा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । तर, फस्टलुक हेर्दा फिल्मका क्यारेक्टरको मुड खुशी देखिएको छ । यसैले पनि फिल्मको फस्टलुकले नै अहिले कथा खोलेको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment