Comments Add Comment

उपराष्ट्रपति पुनसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

१९ भदौ, काठमाडौं । पाकिस्तानी राजदूत डा. मजहर जावेदले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर राजदूत जावेदले उपराष्ट्रपति पुनलाई भेटेका हुन् ।

भेटका क्रममा नेपाल-पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपति पुनको निजी सचिवालयले जनाएको छ ।

सोही क्रममा उपराष्ट्रपति पुनले नेपाल-पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको भन्दै दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने स्मरण गर्दै दुई देशबीचको सम्बन्ध निकै लामो रहेको उल्लेख गरे ।

पाकिस्तानले सधै शान्ति चाहेको र शान्तिकै पक्षमा रहेको राजदूत जावेदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment