+

डर्टमन्डले बार्सिलोनालाई बराबरीमा रोक्यो

२०७६ असोज  १ गते ७:४७ २०७६ असोज १ गते ७:४७
डर्टमन्डले बार्सिलोनालाई बराबरीमा रोक्यो

१ असोज, काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ ।

मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोना र घरेलु टिम बोरुसिया डर्टमन्डले गोलरहित बराबरी खेलेका हुन् । स्पेनिस क्लब बार्सिलोना आफ्नो पहिलो खेलमा नै सुरुवात गर्नबाट चुकेको छ ।

जर्मन क्लब डर्टमन्डविरुद्ध बार्सिलोनाले बल नियन्त्रणमा लिएपनि गोल गर्न भने सकेन । पहिलो रोजाइमा कप्तान लियोनल मेस्सीलाई बार्सिलोनाले बेन्चमै राखेको थियो । खेलको ५९औं मिनेटमा मेस्सी अंसु फातीको स्थानमा मेस्सी मैदानमा छिरेका थिए । तर डर्टमन्डविरुद्ध मेस्सीको पनि केही चलेन । निर्धारित समयसम्म दुई टिमले बराबरी खेलेपछि अंक बाँड्न पुगे ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय